सलमान, शारुख, आमिरको स्टारडमसँग मेरो तुलना हुँदैन : राजकुमार राव
राजकुमार राव भारतीय चलचित्रका चल्तिका अभिनेता हुन् । स्त्रीको धमाकेदार सफलतापछि उनको माग तीव्ररूपमा बढिरहेको छ । भर्खरै उनी अभिनित फिल्म 'एक लड्कीको देखा तो एसा लगा' रिलिज भएको छ । उक्त फिल्ममा उनले सोनाम कपुरसँग स्क्रिन शेयर गरेका छन् । उक्त फिल्मको पनि बलिउडमा खुबै चर्चा भइरहेको छ भने रिभ्यू पनि पोजेटिभ आइरहेको छ ।
एकपछि अर्को हिट फिल्म दिँदै आएका राजकुमारको स्टारडमका बारेमा बलिउडमा चर्चा भइरहेको छ। तर आफूलाई अमिर, शलमान, शारुखजस्ता दिग्ज कलाकारसँग जोड्न नहुने बताएका छन् । उनीले अमिर, शलमान, शारुखको स्टारडम तोड्न सक्ने क्षमतामा आफू अहिल्यै नपुगेको समेत बताए ।
उनीहरूले अहिलेसम्म सानदार काम गरेको भन्दै एक दुई फिल्म नचल्दैमा उनीहरुको स्टारडम तोडिएको मान्न नहुने तर्क अघि सारे । उनले आफू पनि खान्सहरूको फ्यान भएको बताउँदै उनीहरूले गरेको काम तारिफ योग्य र उस्तो काम अबको पुस्ताले गर्न नसक्ने दाबी गरे ।
'जुन क्रेज यी सुपरस्टारमा देखिएको छ त्यो कहिल्यै फिर्ता आउने छैन। त्यस्तो क्रेज पुनः ल्याउन एकदमै कठिन छ। आममानिसहरू उनीहरूलाई हृदयदेखि नै मन पराउँछन्। उनीहरूको अभिनयमा भावुक हुन्छन्, रुन्छन्। उनीहरूलाई देखेर मन थाम्न सक्दैनन्, चिच्याँछन्। यो नै सबैभन्दा ठूलो कुरा हो' उनले भने । उनले आफ्नो कामलाई अरूसँग तुलना गर्न नहुने पनि बताउँछन् ।
पछिल्लो समय निकै नै व्यस्त रहेका राजकुमारलाई स्त्रीले ह्वात्तै सफलताको शिखरमा पुर्याइदियो। उनी हंसल मेहताको तुर्रम खान, दिनेश विजनको मेड इन चाइना एकता कपुरको मेन्टल है क्या र अनुराग कश्यपको एउटा फिल्ममा फातिमा सान शेखसँग स्क्रियन शेयर गर्दैछन् ।
बलिउड सुपरस्टार राजकुमार राव