खेल

टी–२० सिरिजः आफ्नै भूमिमा अष्ट्रेलियासँग भारत पराजित

टी–२० सिरिजः आफ्नै भूमिमा अष्ट्रेलियासँग भारत पराजित

काठमाडौं । भारत विरुद्धको टी–२० सिरिजको पहिलो खेलमा अष्ट्रेलिया ३ विकेटले विजयी भएको छ । भारतले दिएको १२७ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा पूरा गर्यो । उसका लागि ग्लेन म्याक्सवलले ५६, डार्सी सर्टले ३७ रन बनाए ।

 

यस्तै, प्याट कमिन्स र जय रिजड्सन सात-सात रनमा नटआउट रहे । बलिङमा भारतका जसप्रित बुमराहले ३, कुणाल पाण्ड्या र युजवेन्द्र चहलले एक–एक विकेट लिए । पहिलो जितसँगै अस्ट्रेलियाले भारतविरुद्धको २ खेलको टी–२० सिरिजमा १–० को अग्रता लिएको छ ।

 

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२६ रन बनायो । उसका लागि लोकेश राहुलले ५०, महेन्द्रसिंह धोनीलीले नटआउट २९, विराट कोहलीले २४, रोहित शर्माले ५, रिसभ पन्तले ३, उमेश यादवले २, दिनेश कार्तिक, कुणाल पाण्ड्याले एक–एक रन बनाए ।

 

भारतका पाँच ब्याट्सम्यानले दोहोरो अंकसमेत बटुल्न सकेनन् । बलिङमा अष्ट्रेलियाका नाथन कोल्टर नाइलले ३, एडम जाम्पा, प्याट कमिन्स र जोसन बेहरनड्रफले एक–एक विकेट लिए ।  

भारत भर्सेस अष्ट्रेलिया टी–२० सिरिज

विशेष