मौसम पूर्वानुमान शाखा भन्छ–काठमाडौंमा सोमबार रातिदेखि नै वर्षा हुनसक्छ, बुधबारसम्म मौसम बिग्रिन्छ
काठमाडौं । मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाले सोमबार रातिदेखि बुधबार रातिसम्म देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्ने जनाएको छ ।
शाखाले जारी गरेको मौसम पुर्वानुमानसम्बन्धी नोटमा सोमबार देशको पश्चिमी पहाडी क्षेत्रमा, राति मध्य र पूर्वी पहाडी क्षेत्रमा वर्षा हुन सक्छ । उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि छ ।
मंगलबार पनि देशभर आकाश बदली रहनेछ । हल्कादेखि भारी वर्षा र हिमाली क्षेत्रमा हिमपात हुनसक्छ ।
त्यस्तै बुधबार पनि आकाश बदली नै रहने छ । देशका अधिकांश स्थानमा वर्षा हुनेछ । हिमाली क्षेत्रमा मध्यमखालको हिमपातको सम्भावना पनि छ ।