मुख्य समाचार

फेरिए ८ जिल्लाका सिडिओ, को कहाँ ?

फेरिए ८ जिल्लाका सिडिओ, को कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले शुक्रबार ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिर्वतन गरेको छ ।जसअनुसार इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रहेका सुशील वैद्यलाई कञ्चनपुरको कायममुकायम प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । रौतहटको कामु सिडिओमा किरण थापा, पाँचथरको सिडिओमा गृह मन्त्रालयमा कार्यरत उपसचिव मुरारी वस्ती तथा कञ्चनपुरका कामु सिडिओ शंकरबहादुर विष्ट दार्चुलाका सिडिओ भएका छन् ।

 

जिल्ला प्रशासन कार्यालय बाँकेमा सहायक प्रजिअका रूपमा कार्यरत सुरेशसुनार बझाङका सिडिओ भएका छन् । भक्तपुरका सहायक सिडिओ जयकुमार घिमिरे मुगुका सिडिओ, सिन्धुपाल्चोकका सहायक सिडिओ दुर्गा बन्जाडे जुम्लाका सिडिओ तथा इलाका प्रहरी कार्यालय साँखुमा कार्यरत मुकेश केसरीलाई डोल्पाको सिडिओ बनाइएको छ ।  

सिडिओ

विशेष