कभर स्टोरी समाज

बन्दुकसंगै कलम चलाउने हातहरु, द्वन्द्वमा होइन शान्तिमा बिश्वास

बन्दुकसंगै कलम चलाउने हातहरु, द्वन्द्वमा होइन शान्तिमा बिश्वास

टेकबहादुर तामाङ पेशाले राष्ट्रसेवक हुन् । उनी नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरिक्षक ( एसएसपी) हुन् । २०५२ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट प्रहरी जीवन सुरु गरेका तामाङ कुशल गीतकार पनि हुन् । 

 


२०२७ सालमा भोजपुरको हेलाँचा गाविस हालको भोजपुर नगरपालिकामा जन्मेका तामाङ जसरी प्रहरी जीवनमा प्रतिभा देखाउँदै माथि चढ्दै गए उनको साहित्यिक यात्रा पनि त्यही गतिमा अघि बढ्यो । 

 


२४ सै घण्टा व्यस्त रहनुपर्ने पेशा भएपनि फुर्सदको समय पायो कि उनी कापी कलम समातेर केही लेख्न बसिहाल्थे । यही सिलसिलामा उनले ४ वटा गीतीसंग्रह र एउटा गीत कविताको संगालो ‘माटोको आवाज’ बजारमा ल्याउन भ्याए । 

 


तामाङको २०६७ सालमा स्वदेश गानहरुको संग्रह पहिलो गीती एल्बम ‘स्वदेश’ बजारमा आयो । पुस्तककारुपमा ‘माटोको आवाज’ २०६७ सालमा प्रकासित भयो । २०६९ सलामा ‘जीवन साथी’ नामक अर्को एल्बम आयो । त्यसपछि २०७० सालमा ‘आमा’ नामक गीती एल्बम सार्वजनिक भयो । अहिले २०७५ सालमा ‘नाता’ एल्बम सार्वजनिक भएको छ, जसमा जीवन र प्रेमका गीतहरु संग्रहित छन् । 

 


तामाङका गीतहरुमा राजेशपायल राई, शिव परियार, शिशिर योगी, अञ्जु पन्त, स्वरुपराज आचार्य, मेलिना राई, जीना रसाइली, संगिता राना प्रधान लगायतले स्वर प्रदान गरिसकेका छन् । 


यस्तै, कन्काष्ट राई, ईश्वर खतिवडा, अर्जुन पोखरेल लगायतले संगित भरेका छन् । यसपटकको उनको ‘नाता’ एल्बममा सबै गीतमा महिला स्वर रहेको छ । 


निकट भविश्यमै एउटा गीती एल्बम र पुस्तक निकाल्ने तयारीमा रहेका तामाङ पेशाले डण्डा र बन्दुक बोकाएपनि कलमको शक्ति धेरै ठूलो हुने बताउँछन् । कलमबाट सृजित हुने अक्षरको आयू धेरै हुने भएकाले यसको तागत तुलनिय नहुने उनको भनाइ छ । 

 


नेपाली समाजमा प्रहरी भन्ने बित्तिकै कठोर हृदयको मानिस भनेर स्थापित अवधारणा बिस्तारै परिवर्तन हुन थालेको उनी बताउँछन् । प्रहरी पनि अन्य मानिसहरु जस्तै सामान्य मान्छे भएकाले उसमा पनि दया, माया, करुणाका भावहरु यथेष्ट हुने उनी बताउँछन् ।

 

बिभिन्न प्राकृतिक प्रकोप, दुर्घटना र आपतमा मात्र नभइ मुलुक र जनताको सुरक्षार्थमा खटिएकाबेला दिलोज्यान दिएर लागेको प्रहरी कठोर हृदयको हुनै नसक्ने उनको प्रष्टोक्ति छ । समय, काल परिस्थिति अनुसार विवेकपूर्णरुपमा चल्दा केही कमजोरी देखिनु सामान्य भएको उनी बताउँछन् । 

 


प्रहरी मात्र होइन सबै सुरक्षा निकायका मानिसहरुमा सृजनशीलताको भावना भए त्यसले कर्तव्य निर्वाह न्यायपूर्ण बनाउने र अन्ततः मुलुक र जनताकै भलाइमा योगदान पुग्ने उनको बुझाइ छ । 

विशेष