मुख्य समाचार

 काठमाडौंको आकासमा कालो बादल 

 काठमाडौंको आकासमा कालो बादल 

काठमाडौं । मंगलबार बिहानैदेखि काठमाडौंको आकाशमा कालो बादल मडारिएको छ । जलवायु तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाले मलुकको मध्य पहाडी भेगमा सोमबार राति नै वर्षात हुने सम्भावना औल्याएको थियो । वर्षात भइ नहाले पनि कालो बादल भने मडारिएको छ ।

 

मौसम पूर्वानुमान शाखाका अनुसार मंगलरबार दिउँसोसम्ममा देशको पश्चिमी भु–भागमा सामान्यदेखि पूर्णबदलीको सम्भावना छ । बाँकी भुभागमा आंशिक रुपमा बदली रहनेछ । पश्चिमी भुभागका अधिकांश स्थानहरुमा हल्कादेखि मुसलधारे वर्षा हुन सक्नेछ । मध्य र पूर्वी भागमा मेघ गर्जनसहित वर्षा हुन सक्छ । हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । 

 

मंगलबार राति भने देशभर बादलले ढाक्नेछ । अधिकांश स्थानमा पानी पर्ने सम्भावना छ । पश्चिमी क्षेत्रमा त भारी वर्षाको सम्भावना छ । 
 

विशेष