स्वास्थ्य

पाचन प्रक्रिया बिग्रन नदिन के गर्ने? यस्ता छन् उपाय

पाचन प्रक्रिया बिग्रन नदिन के गर्ने? यस्ता छन् उपाय

काठमाडौं । पाचन प्रक्रिया बिग्रन नदिन तेलमा तारेको र भुटेको खाना सकभर खानुहुँदैन । खाइहाले पनि त्यो हप्तामा एकपटकभन्दा बढी हुनुहुँदैन। बढी मसलेदार, अमिलो फलफूल, चकलेट, टमाटर, अचार, चटनीजस्ता खाना खाँदा पाचन प्रक्रिया बिग्रन सक्छ। अत्यधिक कफी, चिया र मदिरा सेवनबाट बच्नुपर्छ । यस्ता पदार्थले शरीरमा कार्बनडाइअक्साइड ग्यासको मात्रा बढाउँछ र पेटको समस्या निम्तिन्छ।

 

जंक र स्ट्रिट फुडलाई सकेसम्म बन्देज नै गर्नुपर्छ । खानालाई राम्रोसँग चपाएर मात्र निल्नुपर्छ । अत्यधिक धूम्रपानले पनि पाचन प्रक्रियामा असर पुयाउने गर्छ । अत्यधिक अम्लीय पदार्थ भएका खानेकुरा बढी सेवन गर्दा पनि पेटको समस्या निम्तिन सक्छ । त्यसैले निबुवा, भोगटेजस्ता फलफूल कम खाने गरौँ । यो सामग्री नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
 

पाचन प्रक्रिया

विशेष