खेल

विराट कोहलीले बनाए अर्को रेकर्ड

विराट कोहलीले बनाए अर्को रेकर्ड

काठमाडौं । भारतीय क्रिकेट टोलीले अस्ट्रेलियासँग को पहिलो टी–२० मा हार बेहारे पनि इन्डियन कप्तान विराट कोहलीले नयाँ कीर्तिमान बनाएका छन् । अष्ट्रेलियासँगको खेलमा २४ रन जोडेपनि विराटले अन्तराष्ट्रिय टि–२० क्रिकेटको इतिहासमा भने नयाँ कीर्तिमान बनाएका हुन् । 


विशाखापट्टनममा खेलिएको यस म्याचमा कोहलीको रन १२ पुग्ने बित्तिकै उनी कुनै टिमका विरूद्ध सबैभन्दा बढि रन (५१२) बनाउने एकमात्र ब्याट्सम्यान बने। यसअघि उनले अष्ट्रेलियन टोलीविरूद्ध उनको रनको योगफल ४८८ थियो।

 

अन्तराष्ट्रिय टि–२० क्रिकेटको प्रतिष्पर्धामा कुनै पनि टोली विरूद्ध सबैभन्दा बढि रन बनाउने मामिलामा कोहली पहिलो स्थानमा छन । यस्तै, दोस्रो स्थानमा न्यूजिल्याण्डका माट्रिन गुप्टिल छन् । उनले पाकिस्तानविरूद्ध हालसम्म ४६३ रन बनाएका छन्।  

विराट कोहली अष्ट्रेलिया भर्सेस भारत

विशेष