खेल

नेपाललाई पाँचौ झड्का, विश्वकपमा छनोट सम्भावना कति?

नेपाललाई पाँचौ झड्का, विश्वकपमा छनोट सम्भावना कति?

काठमाडौं । महिला विश्वकपका लागि एशियाली छनोटको आफ्नो अन्तिम खेलमा नेपालले अहिले कुवेतविरुद्ध टस हारेर ब्याटिङ गरिरहेको छ । खेल थाइल्याण्डको बैंककस्थित एशियन इन्टिच्युड टेक्नोलोजी मैदानमा भइरहेको छ । यो समाचार तयार पार्दासम्म नेपालले सस्तैमा ५ विकेट गुमाएको छ । नेपालले १० ओभरको खेल सकिदा ५० रन पूरा गरेको छ । उसका लागि काजल श्रेष्ठले १८, इन्दु बर्मा, रोमा थापाले समान ७, सीताराना मगर र सरिता मगरले खाता नै खोल्न सकेनन् । 

 

कुवेत प्रतियोगिताकै सबैभन्दा कमजोर टोली हो । उसले यसअघिका पाँचै खेलमा पराजय ब्यहोरेको छ । नेपालले यसअघिका ४ खेलमा जित निकालेको थियो भने थाइल्याण्डसँग पराजित भएको थियो । आजै दिउँसो हुने खेलमा थाइल्याण्ड र यूएईबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको शीर्ष टोलीले विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने भएकाले नेपालको सम्भावना निकै कमजोर छ । 

 

सात टोली सम्मिलित प्रतियोगिता राउण्ड रोविन लिग प्रणालीमा खेलाइएको छ । प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा हुने टी–ट्वान्टी विश्वकप र सन् २०२१ मा हुने एकदिवशीय महिला विश्वकपका लागि ग्लोबल क्वालिफायर खेल्नेछ । नेपालले मलेसिया, हङकङ, युएई र चीनलाई पराजित गरे पनि थाइल्याण्डसँग ५४ रनले पराजित भएको थियो ।

नेपाल भर्सेस कुवेत महिला टी–२० विश्वकप छनोट

विशेष