यी हुन् तुलसीका औषधीय गुण

काठमाडौं । तुलसी औषधीय गुण भएको बहुउपयोगी वनस्पति हो। यो हरेक रोगका लागि उत्तिकै उपयोगी छ। आयुर्वेदमा समेत तुलसीलाई विभिन्न रोगको अचुक औषधिका रुपमा लिइएको छ। यस्ता छन् तुलसीका गुणः
–वायुमण्डलमा बहने दूषित हावालाई तुलसीले शुद्धिकरण गर्छ।
–जाडो मौसममा हुने रुघाखोकी, निमोनिया, ब्रोक्राइटिस, घाँटीको समस्या र श्वास प्रश्वासमा हुने समस्यामा तुलसीको पात लाभदायी हुन्छ।
–तुलसीको पातको चुर्ण बनाई अदुवा, मरिच आदिको सम्मिश्रणबाट चिया बनाएर पिउँदा स्वास्थ्यमा धेरै फाइदा पुग्छ।
–तुलसीलाई तातो पानीमा मिसाएर खाँदा टाउको दुखेको, चिसोका कारण नाक बन्द भएको, पिनास र श्वासनली बन्द भएको समस्याबाट छुटकारा पाइन्छ।
–मुटु सम्बन्धी रोग, माइग्रेन, डिप्रेसन, स्नायु प्रणाली सम्बन्धी समस्याबाट बच्न सकिन्छ।
–पेटको समस्या, श्वास गन्हाउने यौनरोग, घाउ खटिरा, बान्ता हुने, उच्च रक्तचाप जस्ता रोगका लागि तुलसी एक अचुक औषधि हो। यो सामग्री नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
तुलसी औषधीय गुण