खेल

टी–२० विश्वकप छनोटः नेपालद्वारा कुवेत पराजित, रुबिनाको ह्याट्रिक

टी–२० विश्वकप छनोटः नेपालद्वारा कुवेत पराजित, रुबिनाको ह्याट्रिक

काठमाडौं । महिला विश्वकपका लागि एशियाली छनोटको आफ्नो अन्तिम खेलमा नेपाल ३० रनको फराकिलो अन्तरले विजयी भएको छ। थाइल्याण्डको बैंककस्थित एशियन इन्टिच्युट टेक्नोलोजी मैदानमा भएको खेलमा नेपालले दिएको ११७ रनको लक्ष्य पछ्याउने क्रममा कुवेत ९ विकेटको क्षतिमा ८६ रनमै समेटिएको हो। बलिङमा नेपाली करुणा भण्डारीले ३, रुविना क्षेत्री ३  नेरी थापाले एक विकेट लिए भने २ खेलाडी रनआउट भए ।

 

यसअघि,  टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११६ रन बनायो । नेपालका लागि विन्दु रावलले नटआउट २८, कप्तान रुविना क्षेत्रीले १३ बलमा २२, काजल श्रेष्ठले १८, इन्दु बर्मा, रोमा थापाले समान ७ रन, सीताराना मगर र सरिता मगरले खाता नै खोल्न सकेनन् ।

 

कुवेत प्रतियोगिताकै सबैभन्दा कमजोर टोली हो । उसले यसअघिका पाँचै खेलमा पराजय ब्यहोरेको छ । नेपालले यसअघिका ४ खेलमा जित निकालेको थियो भने थाइल्याण्डसँग पराजित भएको थियो । आजै दिउँसो हुने खेलमा थाइल्याण्ड र यूएईबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको शीर्ष टोलीले विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने भएकाले नेपालको सम्भावना निकै कमजोर छ ।  सात टोली सम्मिलित प्रतियोगिता राउण्ड रोविन लिग प्रणालीमा खेलाइएको छ ।

क्रिकेट

विशेष