मनोरञ्जन

महानायक राजेश हमाल भन्छन्, ‘भुवनको छोरा बनेर फिल्म खेल्छु’

महानायक राजेश हमाल भन्छन्, ‘भुवनको छोरा बनेर फिल्म खेल्छु’

काठमाडौं । महानायक राजेश हमालले अर्का अभिनेता भवन केसीको छोराको भूमिकामा फिल्म खेल्न उत्सुक रहेको बताएका छन् ।

 

टेलिभिजन रियाली शो 'को बन्छ करोपति' कार्यक्रममा चलचित्र क्याप्टेनको प्रमोशनका क्रममा एकै ठाउँमा जम्मा भएका चलचित्र क्षेत्रका पुराना दुई हस्ती राजेश र भुवनका साथै निरुता सिंह र मेघास्टार अनमोल केसीसँगको रमाइलो कुराकानीका क्रममा राजेशले भुवनको छोराको भूमिकामा चलचित्रमा अभिनय गर्न उत्सुक रहेको बताएका हुन् । युट्युब च्यानलका लागि गरिएको कुराकानीका क्रममा पत्रकारले उनीहरू सबै जनालाई दर्शकले फिल्ममा एकसाथ देख्ने सम्भावना कत्तिको रहेको छ भन्दै गरेको प्रश्नमा महानायक हमालले ख्यालठट्टा गर्दै भने, एउटा फिल्ममा छोराको भूमिका गर्ने कि ?’
 

फागुन १७ गतेबाट फिल्म ‘क्याप्टेन’ देशभर प्रदर्शनमा आउँदै छ । अहिले फिल्मको प्रचारलाई तीव्र पारिएको छ। प्रचारकै क्रममा क्याप्टेनको टिम क्रममा ‘को बन्छ करोडपति’ मा पुगेको थियो। अभिनेता भुवन केसीलाई उक्त कार्यक्रममा भाग लिँदा स्कुलको परीक्षा दिएजस्तै अनुभव भएको बताए । टिमले फिल्मको स्पेसल स्क्रिङमा हमाललाई निमन्त्रणासमेत गर्यो  । तर उनले क्याप्टेनको ट्रेलरसमेत नहेरेको बताए । यतिमात्रै होइन हमालले अनमोलको कुनै पनि फिल्म हेर्ने मौका नपाएको पनि सुनाए । 

 

नेपाली फिल्म क्षेत्रमा लामो समय एकक्षत्र राज गरेका दुई स्टार राजेश र भुवनलाई प्रतिस्पर्धीको नजरमा हेरिन्छ । तर आफूहरू कहिल्यै एक अर्काको प्रतिस्पर्धी नभएको र दुवैले आफ्नो ढंगले काम गर्दै आएको बताए । यही प्रसंगमा अनमोलले थपे, ‘उहाँहरू दुवैजना नेपाली फिल्मका धरोहर हुनुहुन्छ । हामी पछि आएकाहरूले त बुट्टा भर्नेमात्र काम गरेका हौं ।’

राजेश हमाल भुवन केसी अनमोल केसी

विशेष