मुख्य समाचार

पर्यटनमन्त्री सवार हेलिकोप्टर दुर्घटनाः ‘हेलिकोप्टर टुक्रा टुक्रामा छ’– प्रत्यक्षदर्शी 

पर्यटनमन्त्री सवार हेलिकोप्टर दुर्घटनाः ‘हेलिकोप्टर टुक्रा टुक्रामा छ’– प्रत्यक्षदर्शी 

 काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार एअर डाइनेष्टीको  हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दीर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको हो ।

 

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी प्राप्त सूचना उदृत गर्दै गृहसचिव प्रेमकुमार राईले  भने, ‘पाथीभराबाट चुहान डाँडा जाँदा हेलिकोप्टर क्र्यास भएको खबर आएको छ ।’

 

हेलिकोप्टमा यति एअरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहालसमेत छ जना छन् । उनीहरुको दुर्घटना ताप्लेजुङको मयाममा भएको बताइएको छ । 

 

कल साइन एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकप्टर हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो।

हेलिकोप्टरमा चालक दलका क्याप्टेन प्रभाकर केसी, वीरेन्द्रप्रसाद श्रेष्ठ र अर्जुन घिमिरे छन् । घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ । 

 

घटनास्थलमा पुगेका प्रत्यक्षदर्शीका अनुसार हेलिकोप्टर टुक्रा टुक्रा अवस्थामा छ । एक जनाको शरिर जलेको अवस्थामा देखिएको छ । 
 

 

 

यसअघि २०६३ साल असोज ७ गते पनि ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, योजनाविद डा. हर्क गुरुङसहित २४ को ज्यान गएको थियो । 

विशेष