खेल

धोनीले बनाए नयाँ कीर्तिमान

धोनीले बनाए नयाँ कीर्तिमान

काठमाडौं । अष्ट्रेलिया विरुद्धको टी-२० सिरिजको अन्तिम एवं दोस्रो खेलमा भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीले एक नयाँ रेकर्ड बनाएका छन् । उनी अन्तर्राष्ट्रिय क्रिकेटमा ३५० छक्का पूरा गर्ने पहिलो भारतीय क्रिकेटर बनेका छन् । धोनीले बुधबार भएको यो खेलमा रोहित शर्माको रेकर्डसमेत तोडेका छन् । रोहितले अन्तर्राट्रिय क्रिकेटमा ३४९ छक्का प्रहार गरेका थिए ।

 

सबैभन्दा बढी छक्का प्रहार गर्नेको पहिलो स्थानमा भने वेस्ट इन्डिजका चर्चित क्रिकेटर क्रिस गेल छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा ४९२ छक्का प्रहार गरेका छन् । धोनीले अष्ट्रेलियासँगको अन्तिम खेलमा २३ बलमा तीन छक्का र ३ चौकाको मद्दतमा ४० रन बनाए ।  उनले रेकर्ड बनाए पनि टिमले भने सिरिज बराबर बनाउन सकेन । सिरिजको अन्तिम खेलमा अष्ट्रेलियासँग भारत ७ विकेटले पारजित भयो । 

महेन्द्रसिंह धोनी अष्ट्रेलिया भर्सेस भारत

विशेष