गेलले १६२ रन प्रहार गर्दा पनि वेस्ट इन्डिज पराजित
काठमाडौं । वेस्ट इन्डिज विरुद्धको चौथो एकदिवसीय खेलमा इग्ल्याण्ड २९ रनले विजयी भएको छ । बुधबार राति टस हारेर ब्याटिको निम्तो पाएको इग्ल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ४१८ रनको विशाल योगफल खडा गर्यो । उसका लागि जोस बटलरले ७७ बलमा १५०, इयोन मोर्गनले ८८ बलमा १०३, एलेक्स हेलले ७३ बलमा ८२, जोनी बेयरस्टोले ४३ बलमा ५६, बेन स्टोकले ११ रन प्रहार गरे ।
बलिङमा वेस्ट इन्डिजका कार्लोस ब्रैथवाइट, ओशेन थमसले दुईदुई, शेल्डन शेन कोट्रेल, एशले रेनाल्डो नर्सले एकएक विकेट लिए । ४१८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ४८ ओभरमा समपूर्ण विकेट गुमाउँदै ३८९ रन बनायो । उसका लागि क्रिस गेलले ९७ बलमा १६२, डार्रेन ब्रावोले ५९ बलमा ६१, कार्लोस ब्रैथवाइटले ३६ बलमा ५०, एशले रेनाल्डो नर्स ४१ बलमा ४३, जोसन होल्डरले २९ रन बनाए । बलिङमा इग्ल्याण्डका आदिल रशिदले ५, मार्क उडले ४ र बेन स्टोक्सले १ विकेट लिए । पाँच एकदिवसीय श्रृंखलामा इग्ल्याण्ड २-१ ले अगाडि छ ।
इग्ल्याण्ड भर्सेस वेस्टइन्डिज