यी हुन् मकै खाँदाका फाइदा
काठमाडौं । मकै अधिकांशले रुचाउने खाजामा पर्छ । यो स्वादिष्ट मात्रै नभएर स्वास्थ्यका लागि समेत लाभदायक छ । मकैलाई भुटेर, उसिनेर, पोलेर र भातको रूपमा सँगै विभिन्न परिकार बनाएर खान सकिन्छ । बेमौसमी मकै प्रायः सधैंभरी उपलब्ध हुन्छ । अब जानौँ मकै खाँदा के–के फाइदा हुन्छ ?
–मकैमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । जसले पाचन प्रक्रियालाई सन्तुलित बनाउँछ । नियमित मकै खाने मानिसमा एसिडिटी र कब्जियतको समस्या हुँदैन ।
–मकैले कोलस्ट्रोलको मात्रालाई नियन्त्रण गर्नुका साथै मुटुरोगको सम्भावनासमेत कम गर्छ ।
–मकैमा फोलिक एसिड पर्याप्त मात्रामा हुने भएकाले गर्भवती महिलाका लागि यो फाइदाजनक मानिन्छ ।
–मकैमा एन्टिअक्सिडेन्टको मात्रा प्रशस्त हुन्छ । त्यस्तै, छाला स्वस्थ राख्नुका साथै रोगप्रतिरोधी क्षमता बढाउँछ ।
–पोलेको मकै खाँदा हड्डी बलियो हुन्छ । यसमा कपर, म्याग्नेसियम, आइरन र फोस्फोरसको मात्रासमेत पाइन्छ, यी हड्डीका लागि फाइदाजनक तत्व हुन् ।
–भुटेको र पोलेको मकैमा कार्बोहाइड्रेटको मात्रासमेत उच्च हुने हुँदा यसले शरीरमा ऊर्जा प्रदान गर्छ । यो सामग्री नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।