कभर स्टोरी

इतिहासमै राष्ट्रियता कमजोर अवस्थामा, राजा नफर्किए देश नै नरहने चिन्ता

राजालाई मैदानमा आउन युवाहरुको अपील

इतिहासमै राष्ट्रियता कमजोर अवस्थामा, राजा नफर्किए देश नै नरहने चिन्ता

अहिले मुलुकमा सबैभन्दा ठूलो संकटमा केही छ भने त्यो हो –राष्ट्रियता । सरकार चलाइरहेका र सरकारभन्दा बाहिर रहेका सबै राजनीतिक दलका नेताहरुलाई पनि यो कुरा राम्रोसंग महसुस भएको छ । 

 


मुलुकमा छिमेकी मुुलुकको मात्र होइन पश्चिमा राष्ट्रहरुको हस्तक्षेप दिन दुई गुना रात चौगुनाका बढिरहेको छ । पछिल्लो पटक भेनेजुएला र अमेरिकाको बिषयलाई लिएर तातेको बहस सबैभन्दा ठूलो हस्तक्षेपका रुपमा लिइएको छ । 

 


एकाएक नेकपा अध्यक्ष पुष्पकमल दहाल र त्यसपछि सरकारले नै अमेरिकाबिरुद्ध बक्तव्यबाजी गर्नुको पछाडी बिदेशी चलखेल भएको प्रष्ट भैसकेको छ । इतिहास र बिदेश मामिलाका जानकारहरु सबैले यसमा भारतको इशारा रहेको प्रष्टरुपमा बताइसकेका छन । हाम्रा नेताहरु आफनो विवेकले नभइ अर्काको इशारामा चल्न थाल्नपछि राष्ट्रियता कसरी जोगिन्छ ? 

 

 


कुनैपनि पार्टीमा राष्ट्रियताको कुरा बढी गर्नेलाई तेजोबोध गर्नेक्रम समेत बढेको छ । राष्ट्रभक्त र प्रजातान्त्रिक भनिएका राजा बीरेन्द्रको बंशनाश भयो । कम्युनिष्ट नेता मदन भण्डारीको रहस्यपूर्ण हत्या भयो । अहिले आएर हेर्नुहोस नेकपामा राष्ट्रियताको वकालत गर्ने भीम रावल र नारायणकाजी श्रेष्ठलाई कसरी किनारा लगाइँदैछ ? 
नेपाली कांग्रेसमा पुराना नेता केबी गुरुङ कहाँ छन् ? राष्ट्रियताकै अडानकाकारण उनीसहित उनको समूहलाई नै पाखा लगाइएको छ । देशभक्ति र राष्ट्रियताका सवालमा चट्टानी अडान राख्ने राप्रपाका थुप्रै नेता राजनीतिक परिदृश्य भन्दा बाहिर छन् । 

 


कम्युनिष्ट पार्टीमा मोहन बैद्य, सीपी गजुरेल, परी थापा लगायत गुमनाम जस्तै भैसके । यी सबै राष्ट्रियताका मुद्दामा सम्झौता गर्न नसकेपछि पछि परेका हुन् । 

 


२०६२/०६३ को आन्दोलनपछि मुलुकमा पश्चिमा शक्ति हावी भयो । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका मुद्दा स्वदेशी नभइ आयातित हुन् । अझ संघीयता र धर्मनिरपेक्षताका बिषयमा पश्चिमा शक्तिहरुले लाउनुसम्म तागत लगाएका थिए । उनीहरुले त जातीय राज्य स्थापनाका लागि अरबौं रकमसमेत बगाए । अहिले त्यो मुद्दा सेलाएको छ । 

 


पश्चिमा शक्तिहरुको एजेण्डा अनुसार काम गर्ने नेता, नागरिक अगुवा, अधिकारकर्मी सबै यो बिचमा शक्तिमा रहे । राज्य र राज्यसत्ताको भरपुर आनन्द लिए, सुख सयल गरे । 

 


हामीकहाँ राष्ट्रियता भनेकै भारतको बिरोध गर्नु रहेको छ । यो सबै सशस्त्र द्वन्द्वका अगुवाहरुले रटाएको पाठ हो । भारत बिस्तारवादी, अमेरिका साम्राज्यवादी भन्दै सुरुङ युद्धका कुरा गर्नेहरु आज भारतकै इशारामा महाशक्तिसंग अमेरिकासंग निहुँ खोजिरहेका छन् । मौका पाउँद सबै बेइमान, मौका नपाउँदा सबै राष्ट्रवादी भनेझैं भएको छ । 

 


हिजो भारतले नाकाबन्दी लगाउँदा सबैभन्दा बढी राष्ट्रवादी छवि बनाएका केपी ओली आज दोस्रो पटक प्रधानमन्त्री बन्दा सबैभन्दा बढी बदनाम भएका छन । बिदेशी, ब्यापारी, भ्रष्टाचारी तथा माफियाको घेराबन्दीमा परेर सोही अनुसार उनले काम गरिरहेको आरोप उनकै पार्टीबाट लागिरहेको छ । 

 


मुलुकको राष्ट्रियत कमजोर हुँदा सबैभन्दा ठूलो नोक्शानी सहनु परेको छ देश र जनताले नै । बिगत ५ बर्षदेखि प्लस २५ समूहमा रही मुलुकका राष्ट्रिय मुद्दामा गम्भीर बहस गरिरहेका अनिल योेगी अहिलेका राजनीतिक दल र तीनका नेताहरुबाट वाक्क दिक्क भैसकेका छन् । आफनै संघर्षपूर्ण इतिहास भएका योगी निडर र हकी स्वभावका छन् । 


देश, जनता र राष्ट्रियताका पक्षमा अनवरत निर्भिकतापूर्वक आफना धारणा राख्दै आइरहेका योगी राजसंस्थाको पुनस्र्थापना नै समाधानको एकमात्र अचुक उपाय भएको ठान्छन् । अब राजा ज्ञानेन्द्रले देश बचाउन सबै नेपाली जनतालाई सार्वजनिक आह्वान गरी अघि बढ्नुपर्ने उनको भनाइ छ । 

 


पूर्व राजा ज्ञानेन्द्रले युवाहरुको समूह बनाएर मुलुक संचालनका लागि आँट गर्नुपर्ने उनको सुझाव छ । मुलुक सिध्याउने भ्रष्टाचारी सबैलाई जेल हालेर केवल जनता केन्द्रीत भइ काम गरे उनी सफल हुने निश्चित रहेको उनको दाबी छ । 

 


राजा ज्ञानेन्द्रप्रति स्वदेशमा मात्र जनसमर्थन बढेको नभई भारत र चीनसमेत उनलाई फर्काउन सहमत भैसकेको उनको दाबी छ ।  २०६२/०६३ को जनआन्दोलनताका दल र राजाबीच भएको सहमति शाहले पूरै पालना गरेपनि दलहरुले बेइमानी गरेको उनको आरोप छ । 

 


‘अब यो सहमतिको पनि उजागर हुन थालेकाले जनता र मुलुकले सुख पाउने प्रजातन्त्रसहितको राजसंस्था चाँडै फर्किन्छ । ’ योगीको भनाइ छ । 
 

विशेष