मुख्य समाचार

डोनाल्ड ट्रम्पको बुझाइमा नेपाल र भुटान भारतमा पर्छन्

डोनाल्ड ट्रम्पको बुझाइमा नेपाल र भुटान भारतमा पर्छन्

एजेन्सी । अमेरिका र नेपालबीच अहिले सम्बन्ध चिसिएको छ । गोरु बेचेको साइनो पनि नभएको भेनेजुयलाको कम्युनिष्ट सरकारको पक्षमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले विज्ञप्ति जारी गरेर अमेरिकाको कडा निन्दा गरेपछि सम्बन्धमा दरार उत्पन्न भएको छ । 


 

यो घटनाको केही कालखण्डअगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नेपाल र भुटान भारतको कुनै भाग भएको धारणा राखेका थिए । उनको बुझाइमा नेपाल र भुटान भन्ने स्वतन्त्र देश नभएर भारतकै कुनै भाग हो भन्ने थियो । ट्रम्पले यस्तो धारणा त्यो बेला राखेका थिए, जब अमेरिकी इन्टेलिजेन्सका अधिकारीहरु पनि त्यहाँ थिए । 
 

 

ट्रम्पमा रहेको नेपाल र भुटानबारेको गलत ज्ञान थाहा पाएपछि इन्टेलिजेन्सका अधिकारीहरुले दक्षिण एसियाको नक्सा नै लगेर ट्रम्पलाई लगेर भारत, भुटान र नेपालबारे जानकारी दिए । यति भएपछि ट्रम्पले नेपाल स्वतन्त्र मुलुक भएको त बुझे तर भुटान भारतकै हो भन्न चाहिँ छाडेनन् । 
 

 

उनले नेपालको उच्चारण पनि शुद्ध गर्न सकेनन् । नेपाल भन्नु पर्नेमा ‘निप्पल’ अर्थात स्तनको मुन्टा भने । उनले भुटानको पनि सहि उच्चारण गरेनन् । उनले भुटानलाई ‘भुट्टोन’ भनेका थिए । 

डोनाल्ड ट्रम्प नेपाल भारत

विशेष