खेल

टी–२० सिरिजः तेस्रो खेलमा पाकिस्तान सात रनले पराजित

टी–२० सिरिजः तेस्रो खेलमा पाकिस्तान सात रनले पराजित

काठमाडौं । साउद अफ्रीका विरुद्धको टी–२० सिरिज अन्तर्गतको दोस्रो खेलमा पाकिस्तान ७ रनले पराजित भएको छ । यो हारसँगै पाकिस्तानले टी २० सिरिज पनि गुमाएको छ । आइतबार राति भएको दोस्रो खेलमा अफ्रिकाले दिएको १८८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८१ रन मात्र बनायो ।

 

पाकिस्तानका लागि बाबर आजमले सर्बाधिक ९० रन प्रहार गरे पनि टोलीले जीत्न सकेन । बलिङमा अफ्रीकाका एन्डीले फेहलुकवायोले ३, क्रीस मोरिस र बिआरुन हेन्ड्रीकले दुई-दुई विकेट लिए । यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको अफ्रीकाका लागि कप्तान डेबिड मिलरले सर्बाधिक ६५ रन बनाए । उनी लगातार दोस्रो खेलमा पनि प्लेअर अफ द म्याच घोषित भए । बलिङमा पाकिस्तानका इमाद वासीम र साहिन अफ्रीदीले एकएक विकेट लिए । अब पाकिस्तान र अफ्रीकाको अन्तिम तथा तेस्रो टी २० खेल बुधबार हुनेछ ।  

पाकिस्तान साउद अफ्रीका

विशेष