खेल

वेष्टइन्डिजका कप्तान होल्डरमाथि आईसीसीको प्रतिबन्ध

वेष्टइन्डिजका कप्तान होल्डरमाथि आईसीसीको प्रतिबन्ध

काठमाडौं । वेष्टइन्डिज क्रिकेट टोलीका कप्तान जोसन होल्डरलाई एक खेलमा निलम्बित गरिएको छ  । ढिला गरी ओभर सकेकाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले होल्डरलाई एक खेलमा निलम्बित गरेको हो ।  उनी अब इग्ल्याण्ड विरुद्धको तेस्रो टेस्ट खेलमा हुने छैनन् ।

 

तेस्रो खेलमा क्रेग ब्रथवेटले टोलीको नेतृत्व सम्हाल्ने सम्भावना छ । उनले गएको वर्ष बंग्लादेश भ्रमणका समय दुई खेलमा पनि कप्तानको भूमिका निर्वाह गरेका थिए । इग्ल्याण्ड र वेष्टइन्डिजको तेस्रो टेस्ट खेल फेब्रुअरी ९ तारिख हुनेछ । तीन खेलको सिरिजमा वेष्ट इन्डिज २–० ले अगाडि छ । 
  

निलम्बित वेष्टइन्डिज क्रिकेट टोली जोसन होल्डर

विशेष