नेपाली क्रिकेट खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिन सिफारिस

काठमाडौं । युएईमा एकदिवसीय र टी-२० सिरिज जितेर स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीलाई जनही ५ लाख रुपैयाँ दिन सिफारिस गरिएको छ । दुवै सिरिज जितेर फर्किएको नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई प्रतिव्यक्ति पाँच लाख रूपैयाँ दिन सिफारिस गरिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए ।
राखेपले योसँगै दुवै सिरिज विजेता टोलीलाई राष्ट्रिय सम्मानका लागि सरकारलाई सिफारिस गरेको हो । यसैबीच क्रिकेट टोलीलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले एयपोर्टमै पुगेर जनही १०-१० हजार रुपैयाँ प्रदान गरेका छन् ।