खेल

इंग्लिस प्रिमियर लिगः बराबरीमा रोकियो लिभरपुल

इंग्लिस प्रिमियर लिगः बराबरीमा रोकियो लिभरपुल

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुल बराबरीमा रोकिएको छ। सोमबार राति भएको खेलमा वेस्ट ह्याम युनाइटेडसँग लिभरपुल १–१ गोलको बराबरीमा रोकिएको हो । 

 

खेलको २२ मिनेटमा लिभरपुलका लागि साडियो मानेले गोल गरेका थिए। तर २८ मिनेटमा घरेलु टिम एन्टोनियोले बराबरी गोल फर्काएका थिए। बराबरीसँगै अंक तालिकाको दोस्रो स्थानको म्यानचेस्टर सिटिलाई फाइदा पुगेको छ।

 

शीर्ष स्थानको लिभरपुलको २५ खेलबाट ६२ अंक छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीले ५९ अंक बटुलेको छ। टोटनह्याम ५७ अंक जोडेर तेस्रो स्थानमा छ। चेल्सी ५० अ क जोडेर चौथो स्थानमा छ।

इंग्लिस प्रिमियर लिग लिभरपुल

विशेष