मनोरञ्जन

आमिर खान र आलिया भट्टलाई कंगना रनौतको तिखो प्रहार

आमिर खान र आलिया भट्टलाई कंगना रनौतको तिखो प्रहार

कंगना रनौत यतिबेला 'मर्णिकर्णिकाः द क्वीन आफ झान्सी' सक्सेस इन्जोय गर्दै छिन् । फिल्मले अहिलेसम्म भारतीय बजारमा ७६.६५ करोड भारतीय रूपैयाँ अम्दानी गरेको छ ।

 

रानी लक्ष्मीबाइको भूमिकामा देखिएकी कंगनाको अभिनयलाई दर्शकले प्रसंशा गरेका छन् भने रिभ्यू पनि राम्रो मिलिरहेको छ । यस फिल्मबाट एक एक्ट्रेसले निर्देशनमा डेब्यु गरेको पिरियड फिल्मले केही कन्ट्रोभर्सी पनि जन्माएको छ । तर यी सबै विवादहरुलाई बेवसास्ता गर्दै कंगना भने फिल्मको सक्सेस इन्जोय गरिरहेकी छन् । स्विजरल्यान्ड भ्रमणबाट स्वेदश फर्केकी कंगनाले भारतीय सञ्चार माध्यम पिंकविलालाई अन्तर्वार्ता दिँदै सबै आरोपहरूको खण्न गरिन् । विशेषतः  उनी अन्तर्वार्ताका क्रममा बलिउड कलाकारप्रति कडा रूपमा प्रस्तुत भएकी थिइन् ।

 

अन्तर्वार्ताका क्रममा कंगना बलिउडका नामी कलाकार आमिर खान, ट्विंकल खन्ना र आलिया भट्टप्रति आक्रोशित देखिन्थिन् । उनका अनुसार पूरै बलिउड उनको विरुद्धमा लागेको छ र कलाकारहरू उनको विरोध गरिरहेका छन् । मणिकर्णिकाको निर्देशक कंगनाको दर्शकहरूले प्रसंशा गरिरहेको बेला भारतीय कलाकार चुप हुनाले आक्रोशित भएकी हुन् । उनले सपोर्ट गरेका भारतीय कलाकारले उनको फिल्मका बारेमा मुख नखोलेपछि उनको आक्रोश बढेको हो ।

 

'मलाई सधैँदेखि इग्नोर गरिँदै आइएको छ। मेरो मुभिको ट्रायलमा कोही आउँदैन। जब उनीहरूको पालो आउँछ, उनीहरू लाज पचाएर मलाई फोन गरेर बोलाउँछन्, उनले भनिन्, 'म आफ्नो योजनाहरु क्यान्सिल गरेर उनीहरूको इभेन्टमा जान्छु । तर मेरोमा कोही आउँदैन । यस्तो सबैभन्दा धेरै भइरहेको थियो त्यसैले अब म कही जाँदिन ।'

 

उनी आलिया र आमिर खानप्रति बढी आक्रोशित देखिन्थिन् । उनले पठाएको राजीको ट्रेलर आफूले शेयर गरेको तर आफ्नो पालोमा उनले बेवास्ता गरेको उनको आरोप छ । त्यस्तै आमिरेले पनि सेक्रेट सुपरस्टारका लागि फोन गरेको तर आफ्नो पालोमा गुमनाम रहेको जिकिर गरिन् । उनले महिला सशक्तिकरणका विषयमा वकाल गर्ने ट्विंकल खन्नालाई बाँकी राखिनन् । उनले आफूमाथि बलिउडमा र्‍याकेट संचालन गरिरहेको पनि जिकिर गरिन् ।

 

'आलियाले मलाई राजीको ट्रेलर पठाएर शेयर गर्न भनेकी थिइन्। राजीको ट्रेलर हेरेपछि मैले मेघना गुल्जार र आलियालाई फोन गरेको थिए । तर मेरो फिल्मका लागि कुनै रिस्पोन्स छैन' उनले भनिन्, 'आमिरले मलाई दंगल र सेक्रेट सुपरस्टारका लागि फोन गरेका थिए । आमिर र ट्विंकल खन्ना महिला सशक्तिकरणका विषयमा घण्टौँ कुरा गर्छन् तर मणिकार्णिका जुन इतिहासमा आधारित सबैभन्दा ठूलो फिल्म हो, महिला सशक्तिकरणलाई देखाउँछ। तर यसमा कुनैको रियाक्सन छैन र सपोर्ट पनि आएको छैन अनि उनीहरूका लागि मेरो फिल्मको ट्रेलरका लागि समय नै छैन । यस्ता मान्छेहरू आफ्नो दूनो सोझ्याएर हिँड्छन् र उनीहरू मेराविरुद्ध ठूलो षड्यन्त्त गरिरहेका छन् ।'

आमिर खान आलिया भट्ट कंगना रनौत मर्णिकर्णिकाः द क्वीन आफ झान्सी

विशेष