खेल

म्यान्चेष्टरका पूर्वप्रशिक्षक मोरिन्होलाई जेल सजाय

म्यान्चेष्टरका पूर्वप्रशिक्षक मोरिन्होलाई जेल सजाय

एजेन्सी । म्यान्चेष्टर युनाईटेडका पूर्वप्रशिक्षक जोसे मोरिन्होलाई एक वर्षको जेल सजाय र २ मिलियन युरो जरीवाना भएको छ । कर छलीको आरोपमा उनलाई स्पेनको एक अदालतले एक बर्षको जेल सजाए सुनाईएको हो। यसैबीच उनले उक्त सजाय स्वीकार गरेका छन्।

 

तर उनी जेलमा बस्नु नपर्ने भएको छ। स्पेनी कानुनमा सामान्यतया दुई वर्ष भन्दा कम समयको सजाय पाएका व्यक्तिले जेल बस्नु पर्दैन। तर जरिवानावापतको उक्त रकम उनले तिर्नुपर्ने हुन्छ। सन् २०११ देखि १२ सम्म रियल मड्रिडमा प्रशिक्षक हुँदा माउरिन्होले ईमेज राईटमा आम्दानीको कर छलेको आरोप लागेको थियो।

म्यान्चेष्टर युनाईटेड जोसे मोरिन्हो

विशेष