मनोरञ्जन

अजय देवगनको फिल्ममा सोनाक्षीको हट आइटम डान्स (भिडियोसहित)

अजय देवगनको फिल्ममा सोनाक्षीको हट आइटम डान्स (भिडियोसहित)

एजेन्सी । १८ वर्षपछि अनिल कपुर माधुरी दिक्षितले सँगै अभिनय गरेको फिल्ममा नायिका सोनाक्षी सिन्हा आइटम डान्स गरेकी छन् देखिएकी छिन् ।

 

अजय देवगनले निर्माण गरेको धमाल सरिजको तेस्रो फिल्म 'टोटल धमाल' को 'मुंगडा' नामक गीतमा सोनाक्षी आइटम डान्स गरेकी हुन् । यो गीत बलिउडकी पूर्वनायिका हेलेनको आइटम गीत मुंगडाको रिमेक हो ।

 

गोल्डेन रंगको पोशाकमा शानदार नृत्य गरेकी सोनाक्षीको सामाजिक सञ्जालमा राम्रै चर्चा हुन थालेको छ। २ मिनेट ८ सेकन्डको रहेको यो गीतमा ज्योतिका तंगरी, शान र शुब्रो गांगुलीले आवाज दिएका छन् ।

 

यसमा अनिल, दीक्षित, रितेश देशमुख र अरशद वारसी लगायतका कलाकार रहेका छन् । यो फिल्म आगामी फेब्रअरी २२ मा रिलिज हुने तालिका रहेको छ ।

मुंगडा सोनाक्षी सिन्हा आइटम डान्स

विशेष