मुस्लिम अगुवा गुड्डुले पद अस्वीकार गरे
काठमाडौं । कांग्रेस निकट नेपाल मुस्लिम संघको प्रदेश १ समिति गठन भएसँगै असन्तुष्टि बढेको छ ।
केहीदिन अघि सुनसरीका इसराइल मन्सुरीको अध्यक्षतामा नेपाल मुस्लिम संघ प्रदेश १ को समति चयन भएको थियो ।
समितिको सहसचिवमा चयन भएका विराटनगरका साहव अहमद गुड्डुले पद अस्वीकार गरेका हुन् ।
स्थानीय तहको निर्वाचनमा सुनसरीको भोक्राहा गाउँपालिकामा पार्टीको अधिकारीका उम्मेदवारविरुद्ध वागी उम्मेदवारी दिने मन्सुरीलाई अध्यक्ष बनाएको भन्दै पद अस्वीकार गरेको गुड्डुले बताए ।
उनले पार्टीभित्र गुटवन्दी अन्त्य गर्नुपर्ने बेला नेताहरुले आफ्नो स्वार्थमा समितिमा सदस्यहरु चयन गरेकाले पद अस्वीकार गरेको बताए ।