खेल

टी–२० सिरिजः तेस्रो खेलमा पाकिस्तान विजयी

टी–२० सिरिजः तेस्रो खेलमा पाकिस्तान विजयी

काठमाडौं । साउथ अफ्रीका विरुद्धको तीन अन्तर्राष्ट्रिय टी–२० सिरिजको अन्तिम तथा तेस्रो खेलमा पाकिस्तान विजयी भएको छ । बुधबार राति भएको खेलमा अफ्रीका माथि पाकिस्तानले २७ रनको जीत निकालेको हो ।  टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १६८ रन बनायो । उसका लागि मोहम्मद रिजवानले सर्बाधिक २६, बाबर अजमले २३, फकर जमानले १७, कप्तान सोयव मलिकले १८, आशिफ अलिले २५, इमाद वासिमले १८ र साहव खानले २२ रनको योगदान दिए ।

 

बलिङमा अफ्रीकाका बी हेन्ड्रीक्सले ४, क्रीश मोरिसले २, लुथो सिम्पला र एन्डीले फेहलुकवायोले एकएक विकेट लिए । १६९ रनको लक्ष्यका साथत मैदान उत्रेको अफ्रीकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४१ रन मात्र बनाउन सक्यो । उसका लागि क्रीश मोरिसले सर्बाधिक ५५ रन प्रहार गरे ।

 

बलिङमा पाकिस्तानका मोहम्मद आमिरले ३, साहव खान, पहिम आश्रफले दुईदुई, अमाड वासिम र साहिन शाह अफ्रीदीले एकएक विकेट लिए । यो जीतसँगै पाकिस्तान ‘क्लिन स्वीप’ बाट जोगियो । यसअघि, अफ्रीकाले हिजोको खेल हारेसँगै २–१ ले सिरिज आफ्नो नाममा बनायो । 

पाकिस्तान टी–२० सिरिज साउथ अफ्रीका

विशेष