खेल

जब भारतीय क्रिकेटरको एक थप्पडले रेस्लर भुइँमा ढले...

जब भारतीय क्रिकेटरको एक थप्पडले रेस्लर भुइँमा ढले...

एजेन्सी । अहिले भारतीय क्रिकेटर हरभजन सिंह चर्चामा छन् । उनी क्रिकेटको कारणले नभए एक रेस्लिङ रिङभित्र दादागिरी देखाएका कारण चर्चामा आएका हुन्। यसोत, उनले क्रिकेट मैदानमा चमत्कार देखाउन छोडेको धेरै भइसक्यो ।

 

भज्जी भनेर चिनिने पूर्वस्पिनरलले जालन्धरस्थित भएको रेस्लिङको क्रममा स्टेजमै चढेर रेस्लरलाई नै चड्कन लगाए । उनले रेस्लरलाई चड्कन लगाएको देखेर सबै दंग परे । उनको सोही भिडियो अहिले भाइरल नै बनेको छ ।

 

भारतीय सञ्चार माध्यमका अनुसार पछिल्लो साता भज्जी ग्रेट खलीको एकेडेमी पुगेका थिए । उनी त्यहाँ कन्टिनेन्टल रेस्लिङ इन्टरटेन्मेन्ट (सिडब्लुई)को प्रमोशनमा भाग लिन पुगेका थिए । सोही क्रममा उनले आफ्नो थप्पडको जादु देखाएका हुन् ।

 

प्रहरीको पहिरनमा आएका दुबेजी नामका रेस्लरले रिङ बाहिर रहेका भज्जीलाई बोलाए । भज्जी हिरोगिरी देखाउँदौ सिधै रिङमा छिरिहाले । रेस्लरले उनलाई के किक हानेका थिए तर भज्जीले उनको किक छल्दै यसरी थप्पड हाने कि, त्यसको आवाज बाहिरसम्मै सुनियो । त्यति मात्रै नभएर भज्जीको थप्पडबाट रेस्लर रिङबाट बाहिर भुइँमै ढले ।

 

उनको उक्त भिडियो सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक भएपछि अहिले भाइरल नै बनाइएको छ । उक्ति भिडियोलाई झण्डै डेढ लाखले हेरेका छन् भने ३० हजार बढीले मनपराएका छन् ।

हरभजन सिंह रेस्लिङ

विशेष