अश्वमेध गायत्री महायज्ञ सफल बनाउन प्रचारप्रसार तीव्र
वीरगन्ज : वीरगन्ज हुन लागेको अश्वमेध गायत्री महायज्ञलाई सफल बनाउन महानगरको वार्ड तथा टोल टोलमा प्रचार प्रसार कार्यक्रम तीव्र बनाईएको छ । अखिल विश्व गायत्री परिवार, वेदमाता गायत्री शक्ति पीठ वीरगन्जले महानगरको छपैयाक, रानीघाट र व्रहमचोकमा दीप ज्ञप, प्रभात फेरि र गोष्ठीको आयोजना गरिएको हो ।
शक्ति पीठका वरिष्ठ कार्यकर्ता धमेन्द्र गुप्ताको नेतृत्वमा रहेको गायत्री परिवारको टोलीले वीरगन्ज २ छपकैयामा प्रभातफेरी निकालेको हो । अश्वमेध गायत्री महायज्ञको उद्देश्यबारे स्थानियलाई जानकारी गराउँदै महायज्ञमा सहभागिता जनाउन निमन्त्रण पनि परिवारले बाडेको हो । प्रभातफेरिमा वडाका वडा अध्यक्ष शेख अब्बास लगायत स्थानियको पनि उल्लेखनिय सहभागिता रहेको थियो ।
त्यसैगरी देव संस्कृति विश्व विद्यालयबाट आएका ब्रहमवादणी टोलीले पनि भिस्वास्थित ब्रहमस्थानमा पनि दीप यज्ञ गरी महायज्ञको बारेमा प्रचार प्रसार गरेका थिए । टोलीले रानीघाट स्थित पनि जानकी मन्दिरमा दीप यज्ञको आयोजना गरिएको थियो । दीप यज्ञमा १०१ वटा दीप प्रज्वलीत गरिएको थियो । दिप यज्ञ मार्फत अश्वमेध गायत्री महायज्ञको विशेषता बारे जानकारी गराईएको ब्रंहमवादणी दिदी संध्याले बताए । यही फाल्गुन १९ गते देखि ४ दिने नेपालमा पहिलो पटक हुन गईरहेको महायज्ञले मुलुकको समृद्धि, देववासीमा साहस एवं बल बृद्धि गर्नुका साथै राष्ट्रलाई समर्थ बनाउनु अश्वमेधको उद्देश्य रहेकोले यसलाई सफल बनाउन सबैलाई आग्रह समेत गरिएको थियो ।
नेपाल भूमिको ईतिहासमा यो अश्वमेध महायज्ञ प्रथम आयोजना भईरहेको छ गुप्ताले भने, कुनै न कुनै रुपमा यसमा भाग लिन या समावेश हुन पाउनु एक दुलर्भ अवसर मानिने भएकोले यसमा भाग लिनुपर्छ ।
अश्वमेध गायत्री महायज्ञ