खेल

दुई दिन पछि सर्‍यो धनगढी प्रिमियर लिग

दुई दिन पछि सर्‍यो धनगढी प्रिमियर लिग

धनगढी : शनिबारबाट सुरु हुने भनिएको धनगढी प्रिमियर लिग दुई दिन पछाडि सार्ने निर्णय आयोजकले गरेको छ। लगातारको वर्षाका कारण मैदान हिलाम्य भएपछि आयोजकले लिग दुई दिनपछि सार्ने निर्णय गरेको हो।

 

लगातारको वर्षाका कारण मैदान हिलाम्य भएपछि प्रतियोगिता दुई दिन पछाडि सारिएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए। उनका अनुसार अब उद्घाटन खेल सोमबारमात्रै हुनेछ।

 

सदूरपश्चिम क्षेत्रबाट नेपाल प्रवेश गरेको मनसुनी हावाले यस क्षेत्रमा दुई दिनदेखि वर्षा भइरहेको छ। बिहीबार राति भएको वर्षाले फाप्ला क्रिकेट मैदान हिलाम्य भएपछि खेल दुई दिनपछि सारिएको उनले बताए।

डिपिएल क्रिकेट लिग

विशेष