कभर स्टोरी

राप्रपा विगतमा जबजब सत्तामा गयो, राम्रोराम्रो काम गरेको छ (भिडियोसहित)

राप्रपा विगतमा जबजब सत्तामा गयो, राम्रोराम्रो काम गरेको छ (भिडियोसहित)

काठमाडौं । वशन्तमान सिंह अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री हुन् । राप्रपा पहिलेदेखि अहिलेसम्म हिन्दुत्व र राजसंस्थाको मागमा अडिग छ । तर यो पार्टी आफ्नो स्वार्थ अनुकुल यि राजनीतिक एजेन्डालाई प्रयोग गर्छ भन्ने मानिसहरुको प्रश्न पनि छ । तर सहमहामन्त्री अधिकारी यसखाले कुरा अस्वीकार गर्छन् । 

 

वर्तमान संविधानलाई आलोचनात्मक समर्थन गरेको राप्रपाले  फेरि राजसंस्था फर्काउने अभियान थाल्दैछ । सहमहामन्त्री अधिकारीका अनुसार पार्टीले राष्ट्रिय स्वाभिमान यात्रा एवं जनसंघर्षका कार्यक्रममार्फत राजसंस्था पुनस्र्थापना र हिन्दुराष्ट्र फर्काउने अभियान चलाई रहेको छ । 

माघ २० र २१ गते राप्रपाको केन्द्रीय समितिको बैठक बसेर केही निर्णय गरेको छ । मूलतः फागुन ७ देखि राप्रपाले राष्ट्रिय स्वाभिमान यात्रा शुरु गर्ने भएको छ । सनातन हिन्दु राष्ट्र, राजसंस्था पुनस्र्थापना प्रात्तिका लागि जनसंघर्ष गर्ने निर्णय गरेको छ । 

 

वर्तमान संविधानलाई पूर्णतः स्वीकार नगरेका कारण आफूहरुलाई संघर्ष गर्ने ठाउँ रहेको अधिकारी दावी गर्छन् । धर्मनिरपेक्षता र गणतन्त्रको मामिलामा राप्रपाको रिजर्भेसन राख्दै आएको छ । 

 

राप्रपाले बोकेको एजेन्डामा संविधानसभाको दोस्रो निर्वाचनमा जनताले भोट पनि दिए । तर जनताको मतको राप्रपाले दुरुपयोग गर्‍यो भन्ने गुनासो आयो । नभन्दै पछिल्लो निर्वाचनमा राप्रपा नराम्ररी पराजित हुन पुग्यो । अधिकारी भन्छन्, ‘हो, हामी सरकारमा गएको जनताले मन पराएनन् भन्ने देखियो । नेपाली जनताले पटक पटक राप्रपा सरकारमा गएको मन नपराएकोले आगामी दिनमा हामी जनताको भावना बुझेर अगाडि बढ्ने छौं ।’ 

 

राप्रपा पञ्चहरुको पार्टीका रुपमा चिनिन्छ । बहुदलमा पनि राप्रपाले शासन गरेकै हो । लोकतान्त्रिक कालमा पनि राप्रपा आयो । गणतन्त्रमा पनि राप्रपा सरकारमा गयो । अनवरत राप्रपा सरकारमा गएको छ । तर आजसम्म राप्रपाको कुनै गतिलो काम देखिएको छैन । यस्तोमा राप्रपा जस्तो शक्तिको पुनरुत्थान कसरी होला ?

 

सहमहामन्त्री अधिकारी भन्छन्,‘अहिलेसम्म एकमना सरकार राप्रपाले बनाएको छैन । मिलिजुली सरकारमा राप्रपा गएको हो । मूलतः कमल थापा जानु भएको हो सरकारमा । केपी ओलीको पालमा परराष्ट्र मन्त्री हुँदा उहाँले अन्तर्राष्ट्रिमञ्चमा कुशलतापूर्वक काम गर्नुभएको थियो ।’

 

कमल थापालाई कार्यकर्ताले रुचाउञ्जेल अध्यक्ष बन्न सक्नु हुन्छ । अधिकारीका अनुसार पार्टीको विधानअनुरुप नै अध्यक्ष बन्नुभएको हो । राप्रपा लोकतान्त्रिक पार्टी हो । प्रजातान्त्रिक अभ्यास राप्रपामा छ । 

टुटफूट त दालभात 
राप्रपामा टुट फूट त सामान्य विषय भएको छ । यस पार्टीका नेता कार्यकर्ताहरुलाई त टुटफूट दालभात खाए जस्तै भइसकेको हो ? अधिकारी भन्छन्, ‘नेताहरुको दम्भ र अहंकारले पार्टी फुटेको हो । नेता फुटे पनि कार्यकर्तामा एकता  छ । नेताहरुमा निर्दलीय व्यवस्थाको ह्याङ भएकोले दलीय राजनीतिमा अभ्यस्त हुन नसकिरहेको अधिकारीको बुझाइ छ । अबका दिनमा नेताहरु सच्चिएर आउने उनको आशा छ । 

 

नेताहरुमा अध्यक्ष नै हुनपर्ने चाहनाका कारण समस्या उत्पन्न भएको अधिकारी बताउछन् । चक्रीय प्रणाली पनि राप्रपामा नफापेको उनी बताउछन् । 

 

राप्रपाबाट कोमल वली र रेखा थापा पनि निस्केर गए । उनीहरु जानुलाई अधिकारी स्वभाविक मान्छन् । उनले भने, ‘राजनीतिक सुझबुझ नभएका नारी हुन् । आए गए । इन्डियामा पनि नर्तकीहरुले चुनाव जित्छन् । हाम्रो पार्टीमा पनि हिरोइनहरु आए भनेर मतदाताहरु ग्लामरबाट तानिए । चुनाव पनि जिते अहिले पार्टी छाडेर गए । यिनीहरु आउनु र जानु अनौठो होइन । 


 

राप्रपा कमल थापा वशन्तमान सिंह अधिका

विशेष