कभर स्टोरी

भारतलाई प्रयोग गरेर चीनबाट तिब्बत टुक्र्याउन चाहन्छ अमेरिका (भिडियोसहित)

भारतलाई प्रयोग गरेर चीनबाट तिब्बत टुक्र्याउन चाहन्छ अमेरिका (भिडियोसहित)

काठमाडौं । प्रेमसागर पौडेल अन्तर्राष्ट्रिय मामिला जानकार हुन् । उनले नेपाल–चीन सम्बनध, नेपाल– भारत सम्बन्ध मात्रै होइन अन्य विषयमा पनि गहिरो चासो र रुची राख्छन् । पछिल्लो समय पौडेलले नेपालको तामा खानीमा भारत, चीन र अमेरिकाको चासो बढेको दावी गरेका  छन् । 

 

पौडेलको विचारमा नेकपाले भेनेजुयलाको मामिलामा निकोलस मुडुरोको पक्षमा समर्थन जनाएपछि कुटनीतिक तरंग उत्पन्न भएको छ । यो प्रपोगाण्डा तेलको राजनीति हो । प्रचण्डले विज्ञप्ति निकाल्नुको अर्थ चाहिँ उहाँविरुद्ध अमेरिकी र पश्चिमाहरु अनुदार छन् । त्यसविरुद्ध बार्गेनिङ पावर बढाउन यस्तो गर्नुभएको हो । 

 

यतिबेला अमेरिकाले चीनलाई साउथ एसियामा ब्लक गर्नका लागि नेपाललाई टुलको रुपमा प्रयोग गर्न खोजेको छ । त्यसकालागि भारतलाई पनि प्रयोग गर्न चाहन्छ । भारतमा मोदीको सरकार अमेरिकाको लिटिल ब्रदरको रुपमा रहन चाहँदैन । अमेरिका पहिलेदेखि नै सक्रिय रुपमा नै छ । 

 

अमेरिकाले नेपाली सेनालाई प्रयोग गरिरहेको छ । एनजिओमार्फत पनि अमेरिका नेपालमा क्रियाशील छ । 
अमेरिका भूगोलको हिसाबले चीनसँग टाढा छ । तर भारत त छिमेकी हो । भारतलाई प्रयोग गरेर चीनलाई समस्यामा पार्ने अमेरिकी दाउ हो । 

 

नेपालमा उत्कृष्ट तामा छ । त्यो तामा भारत, चीन र अमेरिकालाई चाहिएको छ । नेपालमा तामा मात्रै होइन युरेनियमको पनि खानी छ । नेपाल गरिब देश होइन । धेरै खालका खानीहरु छन् नेपालमा । यो कुनै सानो देश पनि होइन । मझौला देश हो । 

 

वर्तमान सरकार पनि राष्ट्रहितविपरीत नै चलिरहेको प्रेमसागर बताउँछन् । नेपालको चुरे दोहोनले पर्यावरण विग्रेको छ । पानीजहाज चलाउने हावादारी सपना प्रधानमन्त्रीले नै देखाइदिएका छन् । नेपालका नदी पानीजहाज चल्नयोग्य छैनन् । 

 

रेलको कुरा पनि त्यस्तै भएको प्रेमसागर दावी गर्छन् । पारिको रेल वारि ल्याउनुलाई नेपालले रेल चलायो भन्न मिल्दैन । पुरानो गोबर ग्यासको उदघाटन गर्न हेलिकोप्टर चढेर जाने र रमिता देखाउने प्रधानमन्त्रीबाट कुनै आशा बाँकी नरहेको उनले बताए । 

 

चीन प्रेमसागर पौडेल चीन टुक्रा

विशेष