कभर स्टोरी

राजा ज्ञानेन्द्र निरंकुश भएको भए रगतको खोलो बग्थ्यो (भिडियोसहित)

राजा ज्ञानेन्द्र निरंकुश भएको भए रगतको खोलो बग्थ्यो (भिडियोसहित)

काठमाडौं । अहिले एकाएक राजसंस्थाको चर्चा चुलिएको छ । राजसंस्था अंगालेका राजनीतिक शक्तिहरुले मात्र होइन नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल पनि राजा फर्काउने षडयन्त्र भैरहेको भन्दै भाषण गरिरहेका छन् । 

 


गृहमन्त्री रामबहादुर थापा पनि केही समययता राजसंस्था फर्काउन चलखेल भएको भन्दै भाषण गरिरहेका छन् । नेपालमा राजसंस्थाबिरोधी सबैभन्दा ठूलो शक्ति भनेकै कम्युनिष्टहरु हुन् । त्यसमा पनि द्वन्द्वबाट आएका माओवादी पृष्ठभूमीका नेताहरु अझ बढी । 

 

राष्ट्रपति बिद्या भण्डारीले पूर्वराजा ज्ञानेन्द्रलाई ठूलै इज्जत दिएकी छन् । आफनी छोरीको विवाहमा उनले शाहलाई निम्ता गरेकी थिइन भने भण्डारीपनि शाहका नातीको ब्रतबन्धको पार्टीमा होटेल सोल्टी पुगेकी थिइन् । प्रधानमन्त्री केपी ओलीले पूर्वराजा शाहलाई कहिलेकाहिं सामान्य कटाक्ष गरेपनि खासै बिरोध गरेको पाइदैन ।

 

त्यसो त ओलीलाई गणतन्त्रबिरोधी नेताकै रुपमा कतिपयले बुझ्ने गरेका छन् । २०६२/०६३ को आन्दोलनमा उनले निर्वाह गरेको भूमिका र दिएका अभिव्यक्तिबाटै उनी गणतन्त्र प्रेमी नेता होइनन् भन्ने स्पष्ट हुन्छ । 

 

अहिले पनि प्रधानमन्त्री ओलीका गतिविधि गणतन्त्र र संघीयतालाई प्रवद्र्यन गर्ने नभइ नोक्शान पुर्याउनेतर्फ उद्दत भएको उनकै पार्टीका नेताहरुले आरोप लगाउने गरेका छन् । केही दिनअघि पूर्व मन्त्री जनार्दन शर्माले प्रदेश सरकारको अधिकार र सीडीओको जिम्मेवारीका बिषयमा प्रधानमन्त्री ओलीलाई यस्तै आरोप लगाएका थिए । 

 


संघीय समाजवादी फोरम र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले त स्पष्टरुपमा प्रधानमन्त्रीलाई गणतन्त्र र संघीयता बिरोधीको आरोप लगाउँदै आएको छ । 

 


यहीबेला, पूर्वराजा शाह देश भ्रमणमा छन् । उनी जहाँ जान्छन्, त्यहीं हजारौंको भीड लाग्ने गर्दछ । राजावादीहरुले राजसंस्था फर्काउन यहीबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रयास तीव्र पारेका छन् । 

 


बिधिसम्मतरुपमा नभए मुलुकमा ठूलो आन्दोलन मच्चाएर भएपनि हिन्दू राष्ट्र र राजसंस्था फर्काउने योजनामा दुवै राप्रपा लागेका छन् । राप्रपा प्रजातान्त्रिकका प्रवक्तासमेत रहिसकेका राजेन्द्र गुरुङका अनुसार पूर्वराजा ज्ञानेन्द्र राजसंस्थाको प्रतीककोरुपमा फर्कनेछन् । यदि राजा नफर्कने हो भने मुलुकसमेत रहनेछैन । 

 

राजसंस्था फर्काउन आफूहरुले जनतालाई सम्झाई बुझाइ गर्ने र त्यसबाट पनि नभए मुलुक जोगाउन गर्नुपर्ने सबै उपाय अवलम्बन गर्ने उनी बताउँछन् । 

 

गुरुङका अनुसार कमल थापा नेतृत्वको राप्रपासंग पनि एकता प्रक्रिया चलिरहेको छ भने एकतबाट असन्तुष्ट केशबहादुर बिष्ट र दीपक बोहरालाई पार्टीमा फर्काउन अध्यक्षद्वय पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीले प्रयास गरिरहेका छन् । 
 

राप्रपा राजसंस्था राजेन्द्र गुरुङ केशबहादुर बिष्ट दीपक बोहरा पूर्वराजा शाह राष्ट्रपति बिद्या भण्डारी

विशेष