कभर स्टोरी

शारीरिक सम्बन्ध राखेकै भरमा कोही चरित्रहीन हुँदैनन् (भिडियोसहित)

शारीरिक सम्बन्ध राखेकै भरमा कोही चरित्रहीन हुँदैनन् (भिडियोसहित)

काठमाडौं । पूर्वमिस नेपाल माल्भिका सुब्बालाई धेरै युवाले आफ्नो ‘रोल मोडल’ मान्छन् । स्पष्ट विचार, स्मार्ट स्टाइल र तीक्ष्णताको कारण माल्भिकाले आफ्नो स्पेस बनाइसकेकी छिन् । प्रस्तुत छ,  टेलिभिजन कार्यक्रम र स्टेज कार्यक्रमहरूमा व्यस्त माल्भिकासँग नेपालआजका सुुमन कोइरालाले गरेका अन्तरंग कुराकानीको मुख्यमुख्य अंशः  

 

मिस नेपाल हुनुभएको १६ वर्ष भयो, त्यसपछि धेरै मिस नेपाल आउनु भयो । हराउनु भयो, तर तपाईं नेपाली जनमनमा छाइरहनु भएको छ । अरु मिस नेपालसँग आफूलाई कसरी तुलना गर्नुहुन्छ ? 
मिस नेपालको ताजपछि मैले मिडिया रोजें । मिडिया रोजेको कारण मैले गरेका काम देखिन्छ । सबैले केही न केही गरिरहनुुभएको छ । अरु मिडियामा हुनुुहुन्न भन्दैमा काम गर्नुभएको छैन भन्ने होइन । कोही व्यापार व्यवसाय, कोही फिल्म लाइनमा हुुनुुहुुन्छ, कसैले आफ्नै कम्पनी खोल्नुभएको छ । सबकै आफ्नो तरिकाले व्यस्त हुनुुहुन्छ । 

 

तपाईंको लागि अहिलेसम्मको मिस नेपालमा को रोल मोडल ? 
सन् १९९४ मा मिस नेपालको सुुरुवात हुँदादेखि नै हामीले चिनेको रुबी राणालाई हो । त्यहाँदेखि अहिलेसम्मको हरेक वर्षको मिस नेपाल हेरेकी छु । सबै मेरो लागि रोल मोडल हुनुहुन्छ । 

 

मिस नेपाललाई एक वर्ष सामाजिक कार्यक्रममा क्रियाशील देखिने त्यसपछि हराउँछन् भन्ने ओरोप लाग्छ, यस्तो किन हुन्छ ? 
हामीले मिस नेपाल भइसकेपछि जति पनि सामाजिक कार्य गर्छौं त्यसबारे झ्याली पिट्नुपर्छ या पत्रकार सम्मेलन नै गर्नुपर्छ जस्तो मलाई लाग्दैन । मैले गत वर्ष पनि मेरो आय श्रोतबाट केही डोनेट गरेकी थिएँ । त्यसको मैले कुनै प्रचार गरिनँ । हामी कामभन्दा पनि बोलीमा विश्वास गर्छौं । सबैले आफ्नो तरिकाले काम गर्दे आउनुभएको छ । हामी समाजसेवी होइनौं । यो कुरा १६ वर्ष अघि पनि भन्दैै आएकी थिएँ र अहिले पनि भन्दै छु । त्यसैले उहाँहरूले काम गर्नुभएको छैन भनेर भन्न मिल्दैन । 

 

तपाईंलाई धेरैले रोल मोडल मान्छन् । समाजिक ‘इस्यू’ मा बोलिरहनुहुन्छ । पछिल्लो समय ‘अल्ट्रा फेमिनिस्ट’हरु बढ्दो छन् । यस्ता व्यक्तिले महिला अधिकारका बारेमा धेरै बोल्ने र सचेत व्यक्तिले कम बोल्दा यसले केही नकारात्मक असर परेका छन् ? 
फेसबुक र सामाजिक सञ्जालमा मात्र बोल्दैमा कोही महिलावादी हो या होइन भनेर भन्न मिल्दैन । तर यो भन्दैमा उहाँहरूले आफ्नो स्थानबाट केही गर्नुभएको छैन भनेर भन्न पनि मिल्दैन । चाहेको बेलामा बोल्नु पर्छ । चाहेको कुरामा बोल्दा अरु कसैले मन नपराए पनि म लेखिरहेको हुन्छु । सबैको आफ्नो आफ्नो इच्छा हो । 

 

अहिले मोफसलमा धेरै सुन्दरी प्रतियोगिता हुन्छन् । यस्तो प्रतियोगिता जसरी हुनुपर्ने त्यसरी भइरहेका छैनन्् । यो क्षेत्रलाई बुुझेका व्यक्तिले यसलाई व्यवस्थित गर्नु कत्तिको अवश्यक छ ? 

एकदमै आवश्यक देखेको छु । मैले पनि लोकल प्याजेन्टमा कोरियोग्राफर, जज, ट्रेनरको रूपमा काम गरेकी छु । धेरै कुरा चित्त बुझ्दैन । कति कार्यक्रममा कुनै मापदण्ड र नियम नै छैनन् । उहाँहरुले ठीक वा बेठीक गर्नुभएको भन्नेबारे मूल्यांकन गर्ने पनि कोही छैन । मिस नेपाल ठूलो प्लेटफर्म भएकाले यसबारे चासो राख्ने धेरै छन् ।

 

सानो पेजेन्ट त भएको या नभएको पनि थाहा हुँदैन । अहिलेको परिवेशमा यदि कुनै पेजेन्ट हुुँदा, प्रतिस्पर्धीलाई पनि केही कुरा चित्त बुझेका छैन भने बाहिर निकाल्नुपर्छ । एकाध त्यस्ता प्रतियोगितामा मलाई बोलाउनुहुन्छ । कति कुरा चित्त बुझ्दैन र जान पनि मन लाग्दैन । निरन्तर लागि परेर गर्ने प्रतिस्पर्धी नै कोही देख्दिनँ । त्यहाँ जाने व्यक्तिलाई पनि पूर्ण रुपको योजना के छ , पछि गएर के गर्ने भन्ने कुरा बुझेर मात्र जान सुभाउँछु । 

नेपालमा महिलाप्रति हेर्ने दृष्टिकोण अझै राम्रो छैन । शारीरिक सम्बन्ध बनाएका महिलाहरु नैतिकवान होइनन् भन्ने सोच राख्नेहरु पनि छन् । के शारीरिक सम्बन्ध र चरित्र स्थायी रुपमा जोडिने विषयहरु हुन् ? 
मेरो विचारमा शारीरिक सम्बन्ध र चरित्र फरक विषयहरु हुन् । शारीरिक सम्बन्ध चाहनेहरु चरित्रहीन हुन्छन् भन्ने हुँदैन । कोही ब्रम्हचारी नै छ भने पनि त्यो व्यक्ति उच्च नैतिकवान भएको ठोकुवा गर्न सकिदैन । कोही दुईले शारीरिक सम्बन्ध  राख्छन् अनि अरुले उनीहरुलाई ‘क्यारेक्टरलेस’ भन्छन् भने पनि त्यो बेकार हो । 

 

 

सौन्दर्य प्रतियोगितामा सहभागी हुनेहरूले सामाजिक विषयमा चासो राख्नु र आवाज उठाउनु कत्तिको आवश्यक छ ?  
सौन्दर्य प्रत्रियोगितामा आउने धेरैजसो महिला जवान हुन्छन् । कतिपय २० या २२ वर्षको हाराहारीमा हुनुहुन्छ । यो उमेरमा आफ्नो पढाई र क्यारियरलाई पूर्ण रुपले ध्यान दिइरहनुभएको हुनाले उहाँहरुबाट हामीले धेरै आशा गर्नु पनि मिल्दैन । त्यो उमेरमा म परिपक्व थिएँ होला तर  आफ्नो हक अधिकारबारे बोल्न सक्दिनथें होला । तर अहिले १६ वर्ष पछि आउँदा ममा धेरै परिवर्तन आइसकेका छन् । म बलियो भएको छु, कसैले मेरो बारेमा नराम्रो कुरा गर्छ भने म त्यो विषयलाई प्रतिवाद गर्न सक्छु । २०–२२ वर्षका युवतीहरुमा त्यो सबै सुझबुझ नहुन सक्छ । 

 

तपाई क्रान्तिकारी स्वभावको हुनुहुन्छ । परिवारमा क्रान्तिकारी बन्दा आउने बाधा र आलोचनालाई कसरी सामाधान गर्नुहुन्छ ? 
म आधुनिक परिवारबाट आएकी हुँ । जसमा चेलिबेटीलाई निकै प्राथमिकता दिइन्छ । मेरो पालनपोषणमा कुनै सम्झौता गरिएन । आधुनिक मूल्यमान्यता सिकाएर हुर्काइयो । ३० वर्ष पछि ‘तिमी महिला हो, तिम्रो ठाउँ यो मात्र हो’ भन्ने कुरा सुन्न पर्दा झस्केँ । त्यही भएर पनि म अहिले धेरै अधिकारको कुरा गर्ने भएँ । आफू आफ्नो ठाउँमा राम्रो हुँदा यसबारे बोल्न सहज पनि भयो । 

 

आफ्नै परिवारमा अन्य महिलालाई कसरी आफ्नो लागि लड्न सुझाउनुहुन्छ ? 
हरेक दिन यसको बारेमा कुरा गर्ने । जबसम्म आफ्नो मान्छेको दिमागमा त्यो कुरा घुस्दैन तबसम्म । सकेसम्म कुरा राखिराख्ने । 

 

तपाईंले आफूले आफूलाई मूल्यांकन गर्दा आफूलाई कस्तो पाउनुहुन्छ ? 
म बुझक्की, परिश्रमी र आपूmले गरेको काम एकदम राम्रोसँग गर्ने मान्छे हुँ । 

 

अहिलेको समयमा तपाईंलाई प्रिय लाग्ने मान्छे ? 
मेरो छोरा नै हो । त्यसमा त कुनै शंकै छैन । 

 

समाजको कुुन कुरालाई शत प्रतिशत प्रतिकार गर्नुहुन्छ ? 
समाजका धेरै कुरामा शतप्रतिशत प्रतिकार गर्छु । विशेषगरि महिला हक अधिकारका कुरा र सिमित वातावरणमा महिला बस्नुपर्ने अवधारणाविरुद्ध प्रतिकार गर्छु । 

 

के कुराले धेरै खुसी मिल्छ ? 
मैले गर्न चाहेका सबै काम राम्रो तरिकाले समयमा हुँदा धेरै खुसी हुन्छु । 

 

जीवनमा सबैभन्दा अर्थपूर्ण काम के गरें जस्तो लाग्छ ? 
मेरो आफ्नो क्यारियर नै हो । मैले अहिले आएर जति पनि काम पाइरहेको छु । यो सबै पहिला गरेको मिहेनतको प्रतिफल हो । 

 

तपाईं ‘जीवनसाथी’ कार्यक्रमकी प्रस्तोता पनि हुनुहुुन्छ । उक्त कार्यक्रममा सबैभन्दा आदर्श लागेको जोडी कसको हो  ? 
त्यस्तो  त धेरै जोडी हुनुुहन्छ । रुबी राणा, वर्षा राउत, स्वस्तिमा, शिवानी मोक्तान, मायाजी, अभायालगायत धेरैजना हुनुुहुन्छ । प्रायः आफूले एकदम मन परेर बोलाएका व्यक्ति नै हुनुहुन्छ । 

 

सम्बन्ध टिकाउन के कुरामा  ख्याल गर्नुपर्ने रहेछ ? 
हामी धेरै आशा लिएर कुनै पनि सम्बन्धमा बाधिन्छौं, त्यो पूरा नहुँदा मनमुटाव शुरु हुन्छ । धेरैजना समाजको डरले पनि सँगै बस्नुभएको छ । सँगै बस्दैमा खुसी मिल्छ भन्ने होइन । राम्रो अन्तरक्रिया र समयसँगै परिवर्तन हुने सोच र इच्छा भयो भने मिल्दो रहेछ । समयअनुसार परिवर्तन हुन नसक्दा पनि मनोमुटाव हुन्छ । 

 

तपाई आफैं पनि विवाहीता हुनुुहुन्छ, के कुरामा तपाई ‘बेस्ट श्रीमती’ ?
म पर्फेक्ट छैन । ममा धेरै कमी कमजोरीहरु छन् । यो कुरा उहाँ(श्रीमान) ले नै भन्न सक्नुहुन्छ होला । मैले त भन्न सक्दिनँ । 

 

श्रीमानको मनपर्ने कुरा ? 
जोसँग पनि बोल्ने बानी मनपर्छ । उहाँ जोसँग पनि मिल्न सक्नुहुुन्छ । म त्यस्तो छैन । म काममा धेरै बोल्नुपर्र्ने हुन्छ तर व्यक्तिगत जीवनमा धेरै बोल्दिन । उहाँ चाहीँ घरभित्र नबोल्ने बाहिर चाहींँ धेरै बोल्नुहुन्छ । यो कुरा हामीमा ठ्याक्कै उल्टो छ । 

 

तपाईलाई मनपर्ने कलाकार ? 
नाटकमा देव भन्ने भाई हुनुहुन्छ । उहाँको एक्टिङ एकदम मनपर्छ । 

 

मनपर्ने राजनीतिज्ञ ? 
गगन थापा । 

 

मनपर्ने पत्रकार ? 
काठमाडौं पोष्टको सम्पादक अनुप काफ्ले मनपर्छ । 

 

मान्छे सफल कलाले भन्दा व्यवहारले हुन्छ भनिन्छ ? जुनसुकै क्षेत्रमा आफूूले आफूूलाई बनाउनु कत्तिको आवश्यक ? 
व्यक्तित्वको हिसाबले पनि मान्छे परिवर्तित हुनुपर्छ । प्र्रतिभा भएर मात्र हुँदैन । किनभने हामीले व्यक्तिसँग काम गर्ने हो । काम गर्दा व्यवहार राम्रो भएन भने उसँग कोही काम गर्न मान्दैन । पारिवारिक हिसाबमा काम गर्दा त्यो सम्बन्ध लामो समयसम्म जान सक्छ । 

 

तपाईंको लागि वास्तविक सुन्दरता के हो ? 
मान्छेको बोली, आँखाको र मुखको बोली । कति मान्छे राम्रो भएर पनि रुखो बोल्दा नराम्रो लाग्छ । रूप अनुसारको बोली नै वास्ताविक सुन्दरता हो ।  

माल्भिका सुब्बा

विशेष