सामाजिक सञ्जालमा भाइरल काे हुन् यी गायक ?
काठमाडौं । झट्ट हेर्दा यात्रामा रहेका पर्यटकहरु थाकेर बसेझैं देखिन्छन् । देव्रेतर्फ गोरी महिला भितामा आड लागेर मुरली बजाउँदै छिन्, दाइने तर्फ उकालोको खुड्किलामा बसेर ओभर कोट लगाएका एक पुरुष गितार बजाउँदै छन, विचमा लामो दारी,कपाल पालेका एक युवक नेपाली गीत गाउँदै छन् ‘के माया गर्थेउ साइली तिम्ले म जस्तो जाबाको...’ उनले गीत गाएको लवजबाट नै थाहा हुन्छ उनी पनि नेपाली होइनन् ।
करीब दुई मिनेट पचास सेकेन्डको उक्त भिडियो अहिले समाजिक सञ्जालमा भाइरल छ । ‘भिडियोलाइ भाइरल बनाउनु पर्छ है’ भन्दै सेयर गर्नेको संख्या पनि कम छैन ।
वास्तवमा त्यती सुन्दर शैलीमा नेपाली गीत गाउने ती विदेशी को हुन् त ? सामान्य लवज र सामान्य भिडियोका कारण धेरैले उनलाई साधारण विदेशी नागरिक सम्झन सक्छन । तर वास्तविकता भने त्यत्ति साधरण होइन । उनी चर्चित भारतीय पञ्चीम बङ्गगाली ब्याण्ड ‘फिड्लर्स ग्रिन’ का लिड गायक अर्को मुर्खजी हुन् ।
विश्व भ्रमण गर्दै त्यहाँका लोक गीतलाई विभिन्न फेस्टिवलमा गाउँदै आएको यो ब्याण्डले गाएको पहिलो नेपाली गीत भने होइन यो । यस भन्दा अघि ‘धाम्वुक वरेन्ज फेस्टिवल २०१८’मा नेपाली गीत ‘रेसम फिरीरी’ र ‘सात घुम्ती’ लगायतका नेपाली लोक गीत गाइसकेका छन ।
आश्चार्य लाग्दो कुरा त के छ भने, आजसम्म कुनै एल्बम ननिकालेको यो ब्याण्ड विश्वभरिका संगीत प्रेमीमाझ परीचित छ ।