खेल

पाकिस्तान सुपर लिगः सन्दीप आवद्ध लाहोर ५ विकेटले पराजित

पाकिस्तान सुपर लिगः सन्दीप आवद्ध लाहोर ५ विकेटले पराजित

काठमाडौं । पाकिस्तान सुुुपर लिग (पीएसएल) अन्तर्गत कराँची किंग्स विरुद्धको खेलमा सन्दीप लामिछाने आवछद्ध लाहोर कलन्दर्स ५ विकेटले पराजित भएको छ । लाहोरले दिएको १३४ रनको सामान्य लक्ष्य कराँचीले १९.१ ओभरमै पूरा गर्यो । उसका लागि लिम लिविनस्टोनले ३८,  इफ्फ्फर अहमदले नटआउट ३१, इमाद वासिमले अविजित १९, कोलिन मुनरोले १५, बाबर आजमले ११ र इन्ग्रामले १२ रन बनाए ।

 

बलिङमा सन्दीप लामिछानेले १७ रन खर्चिएर २, यासीर शाह, हरिश रौफ र डेभिड वेइसीले एक-एक विकेट लिए । यसअघि, सन्दीप आवद्ध लाहोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३२ रन मात्र बनाउन सक्यो । उसका लागि एबी डी विलियर्सले ३३, सोहिल अख्तरले नटआउट २९, कोरी एण्डरसनले २२, हरिश सोहिलले २०, कप्तान फकर जमानले १८ प्रहार गरे । बलिङमा कराँचीका इफ्फ्फर अहमदले २, मोहम्मद आमिर, इमाद वासिम, उमिर खानले एक-एक विकेट लिए । 

पाकिस्तान सुपर लिग कराँची किंग्स लाहोर कलन्दर्स

विशेष