Technology

फेसबुक म्यासेन्जरले ल्यायो डार्क मोड, एक्टिभ गर्न फलो गर्नुहोस रोमान्चक स्टेप

फेसबुक म्यासेन्जरले ल्यायो डार्क मोड, एक्टिभ गर्न फलो गर्नुहोस रोमान्चक स्टेप

एजेन्सी । सामाजिक सञ्जाल फेसकबुकले म्यासेन्जरमा डार्क मोड सुरु गरेको छ। फेसबुकले पहिलेदेखि नै यसमाथि कार्य गर्दै आएको भएता पनि हालै यो फिचरलाई प्रयोगकर्ताका लागि खुल्ला गरिएको हो। यद्यपि यो फिचर सबै प्रयोगकर्ताले प्राप्त नगर्न पनि सक्छन्।

किनभने यो फिचर स्वचालित रूपमा एक्टिभेट नभए सेटिङमार्फत मिलाउनु पर्ने हुन्छ । हाउनुहोस जानौँ कसरी हुन्छ फेसबुक म्यासेन्जरको डार्क मेडो एक्टिभ?

फेसबुक म्यासेन्जरमा डार्क मोड इमोजी सेन्ड गरेर एक्टिभ गर्न सकिन्छ।  यो डार्क मोड एन्ड्रोइट मोबाइल र इओएस मोबाइल फोन युजर दुवैले लागि प्रयोग गर्न सकिन्छ। तपाईंलाई थाहा नहुनसक्छ गतवर्ष फेसबुकले आगामी दिनमा फेसबुक म्यासेन्जरमा डार्क मोड आउने उद्घोष गरेको थियो।

यसरी गर्नुहोस् डार्क मोड एक्टिभ :

... आफ्नो फोनमा फेसबुक म्यासेन्जर खोल्नुहोस्।

... कुनै पनि च्याटमा moon/crescent इमोजी सेन्ड गर्नुहोस्

... इमोजीमा लगातार ट्याप गरिरहनुहोस्

... त्यसपछि, म्यासेन्जरमा डार्क मोड एक्टिभ गर्ने अप्सन देखिने छ।

... त्यसपछि, 'you found dark mode'को नोटिफिकेसन दखिने छ।

... त्यसपछि म्यासेन्जर अटोम्याटिक रूपमा डार्क मोडमा जाने छ।

... त्यसपछि, तपाईंको फोटोमा क्लिक गर्दा म्यान मिनुमा डार्क मोड एक्टिभ र डिएक्टिभ गर्ने अप्सन मिल्ने छ।

आउँदा दिनमा म्यासेन्जरको अपडेटका क्रममा डार्क मोड सबैलाई प्रदान गर्ने जनाएको छ। त्यसपछि इमोजीका माध्यमबाट डार्क मोड एक्टिभ गर्नु पर्ने आवश्यकता पर्ने छैन। तर, अहिलेका लागि भने रोमान्चक स्टेप फलो गरेर डार्क मोड एक्टिभ गर्न सकिन्छ।

फेसबुक म्यासेन्जरपछि अब ह्वाट्सएप प्रयोगकर्ताहरू पनि डार्क मोडको प्रतीक्षामा रहेका छन्। समाचारहरूमा बताइएअनुसार ह्वाट्सएपमा पनि डार्क मोडको लागि परीक्षणहरू भइरहेका छन्। यद्यपि यसको अधिकारिक रूपमा फेसबुकले जानकारी दिएको छैन।

डार्क मोडलाई हामीले रातिको समयमा प्रयोग गर्न सक्छौँ किनकि यसलाई अध्यारोमा प्रयोग गर्न लायक बनाइएको हुन्छ। अहिले माइक्रो ब्लगिङ साइट ट्विटरले पनि डार्क मोडको सुविधा दिएको छ। यद्यपि यो मोड युजरले आफ्नो इच्छाअनुसार जतिबेला पनि एक्टिभ र डिएक्टिभ गर्न सक्ने व्यवस्था छ।

फेसबुक म्यासेन्जर

विशेष