मुख्य समाचार

पूर्वउपप्रधानमन्त्री अधिकारी भेन्टिलेटरमा

पूर्वउपप्रधानमन्त्री अधिकारी भेन्टिलेटरमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यअवस्था गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ ।

 

श्वासप्रश्वाससम्बन्धी समस्याले चापेपछि नेता अधिकारीको २० दिनदेखि मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । 
अवस्था जटिल बन्दै गएपछि उनलाई सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिँदैछ ।  

 

चिकित्सकहरुका अनुसार अचेत अवस्थामा रहेका नेता अधिकारी खतरामुक्त छैनन् । 

 

८२ वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । उनी लामो समयदेखि अस्वस्थ थिए । ह्याम्सका वरिष्ठ छातीरोग विशेषज्ञ अर्जुन कार्की, मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला र डा. रोशन राउतलगायतले उपचार गरिरहेका छन् । 
 

विशेष