भिडियो कभर स्टोरी

सरकार गलत बाटोमा, नाम समृद्धिको काम विवादै विवाद (भिडियोसहित)

सरकार गलत बाटोमा, नाम समृद्धिको काम विवादै विवाद (भिडियोसहित)

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका मणि थापाले नेपाल आजसंगको भेटमा भने, ‘ युनिभर्सल पिस फेडरेशनको कार्यक्रमले के दियो ? भेनेजुएला प्रकरणबाट के मिल्यो ? सीके राउतलाई यत्रो महत्व किन ? ’

 


उनले अघि भने, ‘ भन्ने बेला विकास र समृद्धि, काम चाहिं विवादै विवाद ? ’ 

 


पक्कै पनि विकास र समृद्धि यो सरकारको प्राथमिकता हो भने गतिविधि पनि यस्तै हुनुपर्यो । नेता थापाका अनुसार यो समय भनेको नेताहरु देश बिदेश घुम्ने, ठूलाठूला सभा सम्मेलन गर्ने, कसैलाई पार्टीमा भित्र्याउने, टीका लगाउने, राजनीतिक समीकरण बनाउने फुटाउने, अन्य दल र नेताका बिषयमा टीका टीप्पणी गर्ने होइन । दृढ निश्चित भएर सुखी नेपाली र समृद्ध नेपाल बनाउनमा लाग्नुपर्ने हो । तर, त्यसो भैरहेको छैन । 

 


सरकारले बिखण्डनको राजनीति गरिरहेका राउतलाई अनावश्यक महत्व दिएर उचालेकोमा थापाको असन्तुष्टि छ । थुनामा रहेका राउतका बिषयमा मौन बसिरहेको भए केही समयपछि उनी आफै बाध्य भएर राजनीतिको मुल प्रवाहमा आउने थापा बताउँछन् । तर, रातारात एकाएक पार्टीमा समेत छलफल नगरी हठातपूर्वक सीकेलाई जुन स्थान दिइयो यसले मुलुकमा नयाँ किसिमको द्वन्द्व सृजना गर्ने उनको आशंका छ । 

 


सीके राउत पहिले पनि अखण्ड राष्ट्रको पक्षमा नभएको र अहिले पनि ११ बुँदे सहमतिपछि पनि इमान्दार नदेखिएकाले उनलाई सरकारले अविलम्ब कारवाही गर्नुपर्ने थापा बताउँछन् । तर, स्वयं प्रधानमन्त्री र गृहमन्त्री नै किन उनको बचाउमा लागेका छन् भन्ने कुरा आफ्ना लागि आश्चार्यको बिषय भएको उनी बताउँछन् । 

 


सरकार र नेकपा नेताहरु आफनो मुलुक र राष्ट्रिय मुद्दामा निर्णय गर्न स्वतन्त्र नभएको प्रश्न बेलाबेला उठने गरेको छ । यो प्रश्न नेता थापाले पनि उठाएका छन् । अन्तर्राष्ट्रिय शक्तिहरुले नेपाललाई क्रिडास्थल बनाइ भारत र चीनमाथि आँखा लगाएको हुनसक्ने उनको आशंका छ । यो बिषयमा आफनो पार्टीमा भैरहने छलफलले पनि यही निष्कर्ष निकालेको उनी बताउँछन् । 


मुलुक बिषय परिस्थितिमा पुगेकाबेला पनि पार्टीमा यथेष्ट छलफल हुन नसक्नु दुर्भाग्य हो । पार्टीका केही नेताहरुले आफू खुशी निर्णय गर्ने र सोही आधारमा पार्टी र सरकार चलाउँदा समस्यामाथि समस्या देखिएको छ । अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम, प्र्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले जति बोल्दा पनि सच्चिने अवस्था नदेखिएको उनको गुनासो छ । 

 


नेकपा पार्टीको एकता प्रक्रिया अझै टुंगीन बाँकी रहेकाले यस्तै विवाद कायम रहे यसले थप समस्या निम्तिनसक्ने थापाको आशंका छ । 
उनी भन्छन्, ‘दुई तिहाइको सरकारले लक्ष्यअनुसार सही बाटो लिन नसक्दा बिभिन्न शक्तिहरु सक्रिय भैरहेकाले गणतन्त्रिक व्यवस्था नै धरापमा पर्ने स्थिति आएको छ । ’ 

मणि थापा नेकपा स्थायी कमिटी

विशेष