मन्त्री अधिकारीको रामघाटमा अन्त्येष्टि, छोराले दिए दागबत्ती
काठमाडौं । हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको पोखराको रामघाटमा अन्त्येष्टि गरिएको छ ।
रामघाटमा उनको पार्थिव शरिरमा श्रीमती विद्या भट्टराई, छोराहरू विराज र स्वराज अधिकारीले दागबत्ती दिएका हुन् । अन्त्येष्टि राजकीय सम्मानका साथ गरिएको छ ।
अधिकारीको शव टुँडिखेलको श्रद्धाञ्जलीपश्चात शुक्रबार दिउँसो काठमाडौंबाट पोखरा पु¥याइएको थियो । पोखरा प्रदर्शनीस्थलमा श्रद्धाञ्जलि सभापछि रामघाटसम्म शवयात्रा गरिएको थियो । पोखराको नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्मको शवयात्रामा सर्वसाधारणदेखि नेकपाका नेता कार्यकर्ता सहभागी भएका थिए । अधिकारीको ७ दिनमा सक्ने परिवारको तयारी छ । काजकिरिया उनको पोखरा मालेपाटनस्थित घरमा हुनेछ ।