टेस्ट सिरिजः दोस्रो खेलमा पनि न्यूजिल्याण्डको शानदार जीत

काठमाडौं । बंगलादेश विरुद्धको टेस्ट क्रिकेट सिरिज न्यूजिल्याण्डले जितेको छ । दोस्रो खेलमा १० रनले बंगलादेशलाई पराजित गर्दै न्यूजिल्याण्डले एक खेल अगावै सिरिज जितेको हो । न्यूजिल्याण्डले पहिलो इनिङमा दिएको ४३३ रनको लक्ष्य पछ्याएको बंगलादेशले दोस्रो इनिङमा २०९ रन बनाउँदै अलआउट भयो ।
उसका लागि महमुदुल्लाहले ६७, मोहम्मद मिथुनले ४७, शौम्य सरकारले २८, शाहदमान इस्लामले २९ र मुस्ताफिजुर रहमानले १६ रन बनाए । बंगलादेशका अन्य ब्याट्सम्यानले दोहोरो अंकसमेत जोड्न सकेनन् । बलिङमा न्यूजिल्याण्डका नील वैगररले ५, ट्रेन्ट बोल्टले ४ र म्याट हेनरीले एक विकेट लिए ।
पहिलो इनिङमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले ६१ ओभरमा २११ रन बनाउँदै अलआउट भयो । उसका लागि तमिम इग्बालले सर्बाधिक ७४, शदमान इस्लामाले २७, लिटन दासले ३३, शौम्य सरकारले २०, मोमिनुल हकले १५, कप्तान मोहमदल्लाहले १३ रन बनाउनु बाहेक अइनले दोहोरो अंकसमेत बटुल्न सकेनन् ।बलिङमा न्यूजिल्याण्डका नील बैगररले ४, ट्रेन्ट बोल्टले ३, टिम साउथी, कोलिन डी ग्रेण्डहोम र म्याट हेन्रीले एक—एक विकेट लिए ।
न्यूजिल्याण्डले रोस टेलरको दोहोरो शतकको मद्दतले पहिलो इनिङमा ६ विकेट गुमाउँदै ४३२ रन बनायो । उसका लागि हेनरी निकोलसले १०७, कोलिन डी ग्रेण्डहोमले नटआउट २३, कप्तान केन विलियम्सनले ४, जीत रावलले ३, बीजे वेइटिङले ८ रन बनाए । बलिङमा बंगलादेशका अबु जयदले ३, तजुल इस्लामले २, मुस्ताफिजुर रहमानले एक विकेट लिए । यी दुई टिमबीचको अन्तिम टेस्ट खेल १५ मार्चमा छ ।
न्यूजिल्याण्ड भर्सेस बंगलादेश टेस्ट क्रिकेट सिरिज