मुख्य समाचार

विप्लवलाई प्रतिबन्ध लगाएलगत्तै युरोप उडे गृहमन्त्री

विप्लवलाई प्रतिबन्ध लगाएलगत्तै युरोप उडे गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ६ दिने भ्रमणका लागि मंगलबार अष्ट्रिया प्रस्थान गरेका छन् । मन्त्री थापा अष्ट्रियाको भियानामा हुने संयुक्त राष्ट्रसङ्घीय लागूऔषध तथा अपराध नियन्त्रण कार्यालय (यूएनओडीसी) को ६२औँ मन्त्रिस्तरीय बैठकमा सहभागी पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका हुन् । यो बैठकले संयुक्त राष्ट्रसङ्घको लागूऔषध नियन्त्रणसम्बन्धी सन्धि र अभिसन्धिको कार्यान्वयनको अवस्था र आउँदा दिनको विश्वव्यापी नीति र मार्गदिर्नेशन तय गर्नेछ ।

 

बैठकमा गृहमन्त्री थापाले नेपालको लागूऔषध नियन्त्रणका क्षेत्रमा गरेका काम कारवाहीका बारेमा जानकारी गराउने उनका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । यस्तै गृहमन्त्री थापाले यूएनओडीसीका प्रमुख र विभिन्न देशका मन्त्रीसँग छलफल गर्ने कार्यक्रमसमेत रहेको छ । मन्त्री थापा अगामी चैत ३ गते स्वदेश फर्कने छन् । 

गृहमन्त्री रामबहादुर थापा विप्लव अष्ट्रिया

विशेष