खेल

रोनाल्डोको ह्याट्रिकले युभेन्टस च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रोनाल्डोको ह्याट्रिकले युभेन्टस च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

एजेन्सी । क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकले एट्लेटिको मड्रिडलाई पाखा लगाउँदै  युभेन्टस च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राति भएको प्रिक्वाटरफाइनलको दोस्रो लेगमा ३–० ले पराजित गर्दै समग्रमा ३–२ गोलले युभेन्टसले क्वार्टरफाइनलमा स्थान बनाउन सफल भयाे । 

 

पहिलो लेगमा २–० ले पछि रहेको युभेन्टसले घरेलु मैदानमा खेलको २७ औं मिनेटमा रोनाल्डोले हेडर गोलमार्फत टिमका लागि पहिलो गोल गरे । पहिलो हाफमा एक गोलमात्र गरेको युभेन्टसले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । ४८ औं मिनेटमा पुनः रोनाल्डोले नै युभेन्टसका लागि गोल गर्दै खेल २–० को अवस्थामा पुर्याए । ८५ औं मिनेटमा फेडेरिको बर्नाडेस्कीमाथि डिबक्समा फल गरेपछि पाएको पेनाल्टीलाई रोनाल्डोले नै गोल गर्दै ह्याट्रिक पूरा गरे ।  

क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिग एट्लेटिको मड्रिड

विशेष