मेची–महाकाली रेल भन्दा महंगो छ २७ किमीको मोनोरेल
काठमाडौं । पूर्वपश्चिम र काठमाडौं–पोखरा रेलमार्गका लागि ७० अर्ब ९७ करोडमा रेल सञ्जाल विस्तार गर्ने सरकारको योजना छ । ९४६ किलोमिटर लम्बाईका यी दुई आयोजनाभन्दा लम्बाईमा ३५ गुणा सानो काठमाडौं रिङरोडका लागि भने सरकारले मोनोरेल सञ्चालनका लागि १ सय १६ अर्ब रुपैयाँ खर्च गर्न डिपिआरको काम सक्न चिनियाँ कम्पनीलाई जिम्मा दिएको छ । बजेटको अर्थवार्षिक समिक्षामा पूर्वपश्चिम र काठमाडौं–पोखरा रेल सञ्जालका लागि कुल लागत ७० अर्ब ९७ करोड हुने उल्लेख छ ।
नेपालको यातायात क्षेत्रमा कायापलट गर्ने पूर्वपश्चिम रेल र काठमाडौं–पोखरा रेलभन्दा पनि काठमाडौंमा बन्ने भनिएको मोनोरेल महंगो पर्ने देखिएको छ । सरकारले पूर्वपश्चिम र काठमाडौं–पोखरामा रेल सञ्जाल विस्तार गर्ने भनेर बजेट छुट्टयाएको भए पनि त्यो जनता झुक्याउने तहमा मात्रै सिमित भएको छ । चालु आर्थिक वर्षमा यी आयोजनाका लागि ४ अर्ब ५० करोड ३ लाख रुपैयाँ छुट्टयाइएको थियो । यो वर्षको छ महिना बितिसक्दा खर्च भने जम्मा ६० करोडमात्रै छ । अर्थात सरकार विकासको मुख्य काममा भने चुकेको छ । यो अवधिसम्म ५० प्रतिशत काम सम्पन्न भइसक्नु पर्नेमा १३.९ प्रतिशत मात्रै काम भएको छ ।
पूर्वपश्चिम रेल सञ्जालअन्तर्गत यसअवधिसम्म जम्मा ५ किलोमिटर रेल्वे ट्रयाकको बेड र एउटा पुल बनेको छ । बुटबलग ड्डाचौकी खण्डको ६० किलोमिटर क्षेत्रमा विस्तृत अधययन सम्पन्न भएको छ । उता काठमाडौं–केरुङमा पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भएको छ ।