च्याम्पियन्स लिगः म्यानचेस्टरको गोल वर्षा, शाल्के ७–० ले पराजित

एजेन्सी । जारी च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटीले एफसी शाल्केविरूद्ध गोलको वर्षा गरेको छ । दोस्रो लेग अन्तरगत भएको खेलमा म्यान्चेस्टर शाल्केलाई ७–० ले पराजित गर्न सफल भयो । पहिलो लेगमा सिटीले शाल्केसँग ३–२ ले विजयी भएको थियो । जितसँगै सिटीले अन्तिम ८ मा स्थान बनाएको छ । समग्रममा सिटीको नतिजा १०–२ भएको छ।
घरेलु मैदान मंगलबार राति भएको दोस्रो लेगमा सिटीले ३ गोल पहिलो हाफमा गरेको हो भने बाँकी ४ गोल खेलको दोश्रो हाफमा । खेलको पहिलो हाफमा सर्जियो अग्युरोले ३५ औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यसलगत्तै उनले ३८ औं मिनेटमा दोश्रो गोल गरे। टिमका लागि तेश्रो गोल लिरोय सानेले ४२ औं मिनेटमा गरेका थिए । यसैगरी दोश्रो हाफमा सिटीले ५६, ७१, ७८ तथा ८४ औं मिनेटमा गर्यो । ती गोलहरू क्रमशस् रहिम स्ट्रलिङ्, बनार्डो सिल्भा, डिएगो फोडिन तथा गाब्रिएल जिससले गरेका हुन्।