आइपीएल अघि नै विलियम्सन घाइते, सैनराइजर्सलाई झड्का
काठमाडौं । न्यूजिल्याण्ड क्रिकेट टोलीका कप्तान केन विलियम्सन घाइते भएका छन् । बंगलादेश विरुको टेस्ट सिरिजको दोस्रो खेलमा उनी घाइते भएका हुन् । सोमबार भएको खेलमा केन फिल्डीङमा क्रममा घाइते भएका थिए । चोटकै कारण उनले सिरिजको अन्तिम खेल पनि गुमाउने छन् । यद्यपि, तीन खेलको सिरिज एक खेल अगावै न्यूजिल्याण्डले जितिसकेको छ ।
यस्तै, इन्डियन प्रियिमर लिग (आइपीएल) मा सनराइजर्स हैदराबादलाई पनि केन घाइते हुँदा झड्का लाग्ने संकेत देखिएको छ । आइपीएलमा हैदराबादबाट खेलिरहका केन गत संस्करणमा टिमको कप्तानसमेत बनेका थिए । उनी घाइते हुँदा टिमलाई घाटा लाग्ने सम्भावना छ । तर, न्यूजिल्याण्ड क्रिकेट टिमका प्रशिक्षक गैरी स्टीडले विलियम्सनलाई गहिरो चोट नलागेकाले छिट्टै टिममा फर्किने बताए । उनले भने, ‘काँधमा पीडा भइरहेको छ, तर चोट सामान्य नै छ ।’
गत वर्ष विलियम्सनले नेतृत्व गरेको सनराइजर्स आइपीएलको फाइनल पुगेको थियो । उनी गत सिजनमा सर्बाधिक रन प्रहार गर्ने ब्याटसम्यान पनि हुन् । विलियम्सनले यो (२०१८) संस्करणमा १७ खेलमा ५२.५० को औसत र १४२.४४ को स्ट्राइक रेटमा ७३५ रन बनाए । जसमा उनले ८ अर्धशतक प्रहार गरेका थिए ।