मनोरञ्जन

सन्तोषको ‘चाइनाको रेल’मा हुइँकिए संदीप र इन्दिरा, टिकटक र कभर बनाउनेलाई पुरस्कार [भिडियो]

सन्तोषको ‘चाइनाको रेल’मा हुइँकिए संदीप र इन्दिरा, टिकटक र कभर बनाउनेलाई पुरस्कार [भिडियो]

काठमाडौं : दोस्रो ‘नेपाली तारा’ बन्न सफल गायक सन्तोष लामाको आवाजमा ‘चाइनाको रेल’ बोलको गीत सार्वजनिक भएको छ। कृष्ण केसीको शब्द रहेको गीतमा हरि लम्सालको संगीत छ। सन्तोषले यसपटक केही फरक शैलीमा गीत एल्बम म्युजिक भिडियो  तयार पारेका छन्।

 

सन्तोषको यो गीतमा हाँस्य कलाकार सन्दीप क्षेत्रीको साथमा, यो गीतको भिडियोमा गायिका इन्दिरा जोशी, मुस्कान रानी, गायक सन्तोष लामा र क्रिस्टल क्लज ग्रुपको नृत्य छ।सन्देशजंग रानाको सम्पादन रहेको भिडियोमा सुसन प्रजापतिको छायांकन, क्रिस्टल क्लजको कोरियोग्राफी छ। भिडियोलाई संदीप क्षेत्री र सन्देश जंग रानाले निर्देशन गरेका हुन्। अनिल केसी भिडियोका प्रस्तुतकर्ता हुन्।

 

यसैबीच, यो भिडियोको कभर भिडियो तयार पार्ने व्यक्ति वा समूहमध्येबाट उत्कृष्टलाई नगद १ लाख ११ हजार १ सय ११ नगद पुरस्कारको समेत घोषणा गरिएको छ। यस्तै, नेपालमै पहिलो पटक उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई २२ हजार नगदको समेत घोषणा गरिएको छ।

 

गीतकार कृष्ण केसीको यसअगाडि ‘आफ्नो मन, नजाउ टाढा, लुकीछुपी, कसले सुरुवात’ जस्ता गीत बजारमा आइसकेका छन्। भिडियोलाई केही रमाइलो र केही फरक सोचका साथ तयार पारिएको गायक लामाले जानकारी दिए।

सन्दीप क्षेत्री इन्दिरा जोशी

विशेष