Technology

फेसबुक, इन्स्टाग्राम र ह्वाट्एसपमा इतिहासकै ठूलो समस्या

फेसबुक, इन्स्टाग्राम र ह्वाट्एसपमा इतिहासकै ठूलो समस्या

सामाजिक सञ्जाल फेसबुक फेसकबुकको स्वामित्वमा रहेका तीनवटै सञ्जालमा गम्भीर समस्या आएको छ। बुधबारदेखि नै सामाजिक सञ्जालहरू फेसबुक र फोटो सेयरिङ साइट इन्स्टाग्राममा समस्या आएको हो।

 

केही प्रयोगकर्ताका फेसबुक र इन्स्टाग्राम पूर्ण रूपमा बन्द भएका छन्। अन्य केहीका खुले पनि राम्ररी चलेका छैनन्। खुलेका फेसबुक एकाउन्टहरूबाट फोटो तथा अन्न कन्टेनहरू शेयर गर्नसमेत समस्या देखिएको छ।

 

अमेरिका, बेलायत, ब्राजिल, पेरू, कोलम्बिया, मेक्सिकोलगायतका देशका प्रयोगकर्ताको फेसबुक खुले पनि उनीहरूले स्टाटस वा तस्बिर राख्न पाएका छैनन् भने केहीले खुल्दै नखुल्ने समस्या रहेको विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

 

विश्वभर सामाजिक संजालमा देखिएको यो अप्ठेरो फेसबुकको इतिहासमा सबैभन्दा ठूलो भएको बिबीसीले जनाएको छ । बुधबार रातिदेखि देखिएको यो समस्या फेसबुक स्वामित्वका अन्य दुई सञ्जाल इन्स्टाग्राम तथा ह्वाट्सएपमा पनि देखिएको छ ।

फेसबुकले विश्वभर देखिएको यो समस्या केही देशमा भने समाधान भएको जनाइएको छ । फेसबुकले समस्या समाधानका लागि तत्कालका लागि आफ्नो प्लेटफर्म डाउन भएको र केही समयमै समस्या समाधान हुने बताएको छ ।

 

फेसबुकले छिटोभन्दा छिटो समस्या समाधान गर्नमा प्रयासरत भएको जनाएको छ । के कारणले यस्तो अवस्था भयो भन्ने बारेमा फेसबुकले अहिलेसम्म आधिकारिक धारण सार्वजनिक गरेको छैन।

 

यसअघि सन् २००८ मा यस्तो समस्या देखिएको थियो । ११ वर्षअघि फेसबुकका प्रयोगकर्ता विश्वमा १५० मिलियन थिए । अहिले विश्वभर फेसबुकका मासिक प्रयोगकर्ता २.३ बिलियन रहेका छन् ।

फेसबुक इन्स्टाग्राम

विशेष