मुख्य समाचार

यस्तै कछुवाको चाल हो भने हुलाकी राजमार्ग बनिसक्न १६ वर्ष लाग्ने 

यस्तै कछुवाको चाल हो भने हुलाकी राजमार्ग बनिसक्न १६ वर्ष लाग्ने 

काठमाडौं । हुलाकी राजमार्गको स्तरोन्नति गर्ने काम शुरु भएको दश वर्ष बढी भइसकेको छ । १७९२ किलोमिटर लामो यो राजमार्गको जम्मा १४० किलोमिटर कालोपत्रे भएको छ । अर्थात वर्षको १४ किलोमिटरको दरले हुलाकी राजमार्गको निर्माण भइरहेको छ । 

 

पूर्वपश्चिम जोड्ने वैकल्पिक राजमार्गको रुपमा लिइएको यो सडकलाई मधेसको तल्लो बेल्टका मानिसहरुलाई जोड्न महत्वपूर्ण मानिएको छ । तर स्तरोन्नतिमा भएको सुस्तताले कहिलेसम्ममा हुलाकी राजमार्गको काम सम्पन्न हुने हो निश्चित छैन । ६५ सालमा ४७ अर्ब लागत लाग्ने अनुमानसहित राजमार्गको स्तरोन्नति थालिएको थियो । समयमा राजमार्ग निर्माण हुन नसक्दा लागत बढेर अहिले ६५ अर्ब २० करोड पुग्ने अनुमान चालु आर्थिक वर्षको अर्ध वार्षिक बजेट समिक्षामा उल्लेख छ । 

 

यो राजमार्गमा पर्ने ७५ वटा पुल निर्माण भइसकेको छ । सरकारले वर्षमा १०० किलोमिट सडक कालोपत्रे गर्ने लक्ष्य बनाएको थियो । सरकारले यहि बमोजिम लक्ष्य बनाउँदै जाने हो भने यो राजमार्ग निर्माण सम्पन्न हुन अझै १६ वर्षजति लाग्छ । किनभने १७९२ किलोमिटरमा १४० किलोमिटर सडक निर्माण भइसकेको छ । बाँकी १६५२ किलोमिटरका लागि कम्तिमा १६ वर्ष त लाग्ने नै हुन्छ । 

 

चालु आर्थिक वर्षका लागि सरकारले ५ अर्ब ५० करोड रुपैयाँ राजमार्गका लागि छुट्टयाएको थियो । 

हुलाकी राजमार्गलाई सरकारले राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत गरेको छ । 
 

विशेष