खेल

एक खेल अगावै श्रीलंका विरुद्धको सिरिज दक्षिण अफ्रिकाले जित्यो

एक खेल अगावै श्रीलंका विरुद्धको सिरिज दक्षिण अफ्रिकाले जित्यो

काठमाडौं । श्रीलंका विरुद्धको पाँच खेलको एकदिवसीय सिरिज दक्षिण अफ्रिकाले जितेको छ । चौथो खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै अफ्रिकाले एक खेल अगावै सिरिज जितेको हो । चौथो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ३९.२ ओभरमा सबै विकेट गुमाउँदै १८९ रन मात्र बनाउन सक्यो ।

 

उसका लागि इसुरु उडानाले ७८, अभिसक फर्नाडोले २९, धनन्जय डी सिल्भाले २२, कुसल मेन्डीसले २१ र थीसरा पेरेराले १२ रन बनाए । अन्यले दोहोरो अंकसमेत जोड्न सकेनन् । बलिङमा अफ्रिकाका एन्रोज नटर्जेले ३, फेलुकवायोले २, डेल स्टेन, ट्याब्रेज शमसी, लुंगी एनगीडी र जेपी डुबिनी एक-एक विकेट लिए ।

 

१९० रनको लक्ष्यका साथ मैदान उत्रेको अफ्रिकाले ३२.५ ओभरमा ४ विकेट गुमाउँदै भेटायो । उसका लागि क्विन्टन डी ककले ५१, कप्तान फाफ डुप्लेसीले ४३, एडन मार्कमले २९, जेपी डुमिनीले नटआउट ३१ र डेविड मिलरले २५ रन बनाए । बलिङमा श्रीलंकाका धनन्जय डी सिल्भाले ३ र कासुन राजिताले एक विकेट लिए । यो हारसँगै सिरिजमा श्रीलंका ४-० ले पछि परेको छ । 

एकदिवसीय सिरिज दक्षिण अफ्रिका भर्सेस श्रीलंका

विशेष